

महेन्द्रनगर । बेलौरी नगरपालिकामा एक जना महिलाको शव फेला परेको छ। बेलौरी नगरपालिको वडा–७ र ८ को सीमामा पर्ने नालामा ४३ वर्षीय बिन्दु चौधरीको शव भेटिएको छ । उनी बेलौरी नगरपालिका ८ की वासिन्दा हुन् ।

उनी वडा– ४ स्थित बुटाबारीमा रहेको फुपूको घरमा स्वास्थ्यमा समस्या आएपछि झारफुक गर्न गएकी थिइन् । बसमा फर्केकी उनको घर नपुग्दै शव फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक सागर बोहराले शवलाई पोस्टमार्टमका लागि बेलौरीस्थित अस्पतालमा पठाइएको बताए । ‘घटना के कसरी भयो भन्ने विषयमा थप अनुसन्धान सुरु गरिएको छ’ उनले भने ।
