ghar sansar

फोहरको डंगुरभित्र डोके बजार, दुर्गन्धित बन्दै

little buddha academy
khasi

हेमा भट्ट

महेन्द्रनगर । पुनर्वास नगरपालिका–११ स्थित डोकेबजार दिन प्रतिदिन फोहर थुप्रिदै गएको छ । यो बजार कञ्चनपुरकै सबैभन्दा पुरानो र ऐतिहासिक मानिन्छ, तर सरसफाइको दृष्टिले भने वर्षौंदेखि कुरुप बन्दै गएको छ ।

,orning glory badhai

कालोपत्रे सडक, व्यवस्थित पसल र बजारको स्वरूप आधुनिक देखिए पनि सडक छेउछाउ र सार्वजनिक स्थलहरूमा फोहरको ढेरले बजारको छवि बिगारिरहेको छ। गौरीफंटा नाका—नेपाल–भारतको प्रमुख प्रवेशद्वार—बाट दैनिक हजारौं मानिस आवतजावत गर्छन्। तर, नाकाबाट छिरेर डोकेबजार हुँदै हिँड्दा पर्यटकदेखि स्थानीयसम्म नाक छोपेर हिँड्न बाध्य हुने अवस्था छ ।

पुनर्वास नगरपालिका र वडा कार्यालयले पर्यटन विकास र सुन्दर शहरको सपना देखाए पनि डोकेबजार अझै गौरीफंटाको ओझेलमा छ । नाकासँग जोडिएको मुख्य सडक र बजार क्षेत्रमा न त पर्याप्त फोहर राख्ने डस्टबिन छन्, न त नियमित संकलनको व्यवस्था । यसले गर्दा सडक किनारमा फोहरको ढेर जमेर दुर्गन्ध फैलिन्छ, जसले पर्यटकको पहिलो छापमै नकारात्मक असर पार्छ ।

dirghayi clinic

बजार व्यवस्थापन समितिका अध्यक्ष प्रेम थापाले भने, “हामी फोहर ड्रम वा कट्टामा जम्मा गर्छौं । तर २–३ दिनसम्म त्यहीँ रह्यो भने दुर्गन्ध फैलिन्छ । नगरपालिका नियमित उठाउन आउँदैन भने हामीले पनि के गर्ने?” उनका अनुसार समितिले भर्खरै गठन भएर दोस्रो हप्तामा प्रवेश गरेको छ र आगामी शनिबारदेखि हरेक साताको सरसफाइ अभियान सञ्चालन गर्ने तयारी भइरहेको छ ।

स्थानीय व्यवसायीहरू भन्छन्—ग्राहक र पर्यटकको भीड हुने यो बजारमा स्वच्छता नहुँदा व्यापारमा समेत असर पर्छ। “पार्किङ गर्ने ठाउँदेखि सडकसम्म दुर्गन्ध छ। यो पर्यटनको मुख्य बाटो हो, तर सहरको स्वरूप जस्तो छैन,” व्यवसायीहरु भन्छन् ।

नगर प्रमुख तोयानाथ शर्माले भने तत्कालै गाडी पठाएर फोहर व्यवस्थापन सुरु गर्ने प्रतिवद्धता जनाए। “बजारलाई सफा र आकर्षक बनाउने योजना छ, आवश्यक उपकरण र जनशक्ति परिचालन गर्छौं,” उनले भने। तर, स्थानीयको अनुभवमा, यस्ता वाचा प्रायः दीर्घकालीन कार्यान्वयनमा परिणत हुँदैनन् ।

नगरपालिकाले फोहर व्यवस्थापनका लागि स्थायी समाधानका रूपमा डस्टबिन स्थापना, नियमित संकलन, र पुनःप्रयोग÷प्रसंस्करण प्रणाली सुरु गर्ने योजना ल्याउनुपर्ने सरोकारवालाहरूको सुझाव छ ।

डोकेबजारको स्थान अत्यन्तै रणनीतिक छ—यो कञ्चनपुर र कैलालीको सिमाना हो, भारतसँग प्रत्यक्ष जोडिएको छ, र गौरीफंटा नाका हुँदै आउने पर्यटकको ‘पहिलो स्वागत स्थल’ हो। तर फोहर, दुर्गन्ध र अव्यवस्थित पार्किङले सुन्दर सहरको परिकल्पनालाई चुनौती दिइरहेको छ ।

Himal dental
सम्बन्धित
Loading...