ghar sansar

बेदकोटमा वडा सदस्य पन्तले गरे दुई वडा जोड्ने १४ करोड बढी लगानीको मोटरेबल पुल निर्माण कार्य शिलान्यास

khasi

महेन्द्रनगर । बेदकोट नगरपालिकाका ६ र ७ नम्बर वडा जोड्ने मोटरेबल निर्माण सुरु भएको छ । बेदकोट ६ नम्बर वडाको मुसेपानी र ७ नम्बर वडाको चौखुट्टी जोड्ने गरी पुल निर्माण कार्य थालिएको छ ।

१४ करोड बढी खर्चमा पुल निर्माणको ठेक्का सम्झौता भएको छ । प्रेम जेभी निर्माण सेवा कम्पीले पुल निर्माण ठेक्का लिएको छ । बेदकोट नगरपालिका ६ का वडा सदस्य जयानन्द पन्तले शुक्रबार पुल निर्माण कार्य शिलान्यास गरे ।

western public academy

वडा सदस्य पन्तले पुल निर्माण शिलान्यास गरेका तस्बिर सामाजिक सञ्जाजमा आएका छन् ।

यो पुल निर्माण कार्य शिलान्यासको लागि केही महिनादेखि चर्चा चल्दै आएको थियो । संघ वा प्रदेश सरकारका मन्त्री साँसदबाट पुल निर्माण कार्य शिलान्यास गर्ने चर्चा थियो ।

dirhayu

वडा सदस्य पन्तले ती सबै चर्चाका बीच शुक्रबार आफैंले पुल शिलान्यास गरेका छन् ।शिलान्यास कार्यक्रममा वडाका र नगरपालिकाका अन्य प्रतिनिधि सहभागी छैनन् ।

पुल शिलान्यास कार्यक्रमका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्री देबेन्द्र दाहाललाई समेत आग्रह गरिएको थियो ।

मन्त्री दाहालले शिलान्यासका लागि आउन नसक्ने जानकारी दिएको बताइन्छ ।

मन्त्री दाहालपछि कञ्चनपुर निर्वाचन क्षेत्र नं. २ का साँसद एनपी साउँद, सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिह थापालाई पनि पुल शिलान्यासका लागि आग्रह गरिएको बताइएको छ ।

पुल निर्माण क्षेत्र आर्थिक मन्त्री थापाको प्रदेश निर्वाचन क्षेत्रमा पर्छ ।

 

Himal dental
सम्बन्धित
Loading...