ghar sansar

प्याब्सन एन प्याब्सनले सिडिओ कार्यालय सहित बुझाए तीन सरकारी निकायलाई एकै दिन चार बुँदे मागपत्र

khasi

महेन्द्रनगर । संघीय शिक्षा विधेयकका केही बुँदालाई लिएर आन्दोलत निजी विद्यालयका संगठन प्याब्सन र एन प्याब्सनले शुक्रबार प्रशासन कार्यालय, जिल्ला समन्वय समिति र शिक्षा विकास तथा समन्वय इकाईमा मागपत्र बुझाएका छन् ।

दुबै संगठनको केन्द्रीय आन्दोलन कार्यक्रम अनुसार ती तिनै कार्यालयमा मागपत्र बुझाइएको छ। प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाललाई मागपत्र बुझाए । प्याब्सन जिल्ला सचिव अक्कल बहादुर रोकायाले मागपत्र वाचन गरे ।

Anant bahu travels

त्यसपछि प्याब्सन केन्द्रीय सदस्य अमराज भट्ट, एन प्याब्सन केन्द्रीय वरिष्ठ उपाध्यक्ष श्याम सिह मौनी, प्याब्सन जिल्ला अध्यक्ष महादेब प्रसाद भट्ट, एन प्याब्सन जिल्ला अध्यक्ष सत्येश चन्दले प्रमुख जिल्ला अधिकारी ढकाललाई मागपत्र बुझाए ।

प्रशासन कार्यालयपछि जिल्ला समन्वय समिति प्रमुख दुर्गादत्त बोहरालाई मागपत्र बुझाइएको छ । समन्वय समितिको सभा कक्षमा प्रमुख बोहरालाई मागपत्र बुझाईएको छ । एन प्याब्सन जिल्ला सचिव कुबेर खड्काले मागपत्र वाचन गरे ।

dirghayi clinic

समन्वय प्रमुख बोहराले सरकारले निजी विद्यालयको शैक्षिक योगदानलाई अवमूल्यन गरी कुनै पनि किसिमको काननु नआउने बताए ।

शिक्षा विकास तथा समन्वय इकाई प्रमुख लक्ष्मण गिरीलाई उनको कार्यकक्षमा मागपत्र बुझाइएको छ ।

प्याब्सन केन्द्रीय सदस्य अमराज भट्टले मागपत्र वाचन गरेपछि प्याब्सन जिल्ला अध्यक्ष भट्ट र एन प्याब्सन जिल्ला अध्यक्ष चन्द सहितले गिरीलाई मागपत्र बुझाए ।

मागपत्र बुझेपछि गिरीले मागपत्रलाई तत्काल सम्बन्धित निकायमा पठाइने बताए ।

शिक्षा विधेयकमा प्रस्थावित निजी विद्यालय क्रमशः गैर नाफामुखी हुँदै जाने, पूर्ण छात्रबृत्ति दिनु पर्ने लगायतका चार बुँदे माग राखेर निजी विद्यालय आन्दोलनमा उत्रिएका हुन् ।

 

Himal dental
सम्बन्धित
Loading...