

महेन्द्रनगर । भीमदत्त नगरपालिका १८ भाँसीस्थि जनज्योति माध्यमिक विद्यालयबाट कक्षा १२ उत्तीर्ण विद्यार्थीहरुलाई बधाई तथा सम्मान प्रदान गरिएको छ । विद्यालयमा कार्यक्रम गरी १२कक्षा उत्तीर्ण सबै विद्यार्थीलाई सम्मान गरिएको छ ।


कार्यक्रममा जनज्योति बहुमुखी क्याम्पस अन्र्तगत शैक्षिक सत्र २०८२÷२०८३ का लागि स्नातक तह प्रथम वर्षको बीसीए, बीबीएस, बिएड, बीए र बीएसडब्लुए कार्यक्रमको प्रस्तुतिकरण गरी जानकारी समेत दिइएको छ ।
जनज्योति बहुमुखी क्याम्स प्रमुख प्रकाशदत्त जोशी, जनज्योति माविका प्राचार्य सुरेन्द्रराज जोशी, संयोजक अशोक नाथ लगायतले विद्यार्थीहरुलाई टिका लगाई खादा लगाएर सम्मान गरे ।


सुदूरपश्चिममा जनज्योति बहुमुखी क्याम्पस कक्षा नर्सरीदेखि स्नातक तहसम्म पठनपाठन हुने शैक्षिक संस्था हो ।



