
विद्यादेबी भण्डारी मात्रै होइन, अब हुने राष्ट्रपतिलाई समेत राजनीतिमा नआउने गरी निर्णय गरिएको हो–महासचिव पोखरेल


महेन्द्रनगर । एमाले महासचिव शंकर पोखरेलले पूर्व राष्ट्रपति विद्यादेबी भण्डारी मात्रै नभएर राष्ट्रपति हुने सबैलाई पार्टी राजनीतिमा आउन नसक्ने गरी निर्णय गरिएको बताएका छन् ।
राष्ट्रपति सम्मानित भएकाले सबैको लागि साझा व्यक्तित्व बन्नु पर्ने भएकाले लामो छलफलपछि पार्टीले राजनीतिमा फर्किने निर्णय उचित नहुने निष्कर्ष निकालेर निर्णय गरेको जनाए ।

‘राष्ट्रको अभिभावक, सेनाको परमाधिपति सम्मानित पदमा पुगी सकेको व्यक्ति सबैका साझा व्यक्ति बन्नु पर्दछ , पूर्व राष्ट्रपतिबारे लामो छलफलपछि पार्टीले अभिभावकीय भुमिका निर्वाह गरिसकेको व्यक्ति राजनितिमा फर्किनु उचित हुदैँन भन्ने निर्णय गरेको हो’ नेकपा एमाले कञ्चनपुर जिल्ला कमिटिको प्रतिनिधि परिषद् बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘यो विद्यादेवी भण्डारीको लागि मात्रै गरेका होईन्, वहाँपछि अब राष्ट्रपछि हुने सबैको लागि हो, यो भविष्यका लागि पनि हो ।’
महासचिव पोखरेलले नेकपा माओवादी पुर्व राष्ट्रपतिलाई राजनीति फर्कार गम्भीर ऋटी गरेको उनले बताए । एमाले गरेका निर्णय लोकतन्त्रका लागि निर्देश गर्ने बताउँदै माओवादी केन्द्रको निर्णय लोकतन्त्रका लागि यो निर्णय राम्रो नभएकाले त्यसलाई सच्याउनु पर्ने उनले तर्फ गरे ।

त्यस्तै उनले अध्यक्षको दुई वर्ष कार्यकाल हटाउने विषय दशौँ राष्ट्रिय महाधिवेशनको पहिलो एजेण्डाको रुपमा राखेर निर्णय गरिको पनि स्पष्ट परेका छन् । भीम रावलले पार्टी हित विरुद्ध काम गरेकाले पार्टीबाट बाहिरिनु पर्नेको उनले बताए ।
‘मुलधारका राजनीति दलमा भएको विद्रोह र पार्टीलाई देखाई दिन्छु भन्ने कुरा जनता र कार्यकर्ताले स्वीकार गदैँन्न । अराजकता पार्टी निर्माण लागि चुनौति र बाधक हो ।’ उनले पार्टीको विधि र अनुशासनलाई पालन गर्नुृपर्छ, ‘हामीे मिसन ८४ लाई सफल बनाउन र एमालेलेलाई बलियो राष्ट्रिय शक्ती बनाउने अभियानमा छौँ ।’
उनले अगाडी थपे ‘एमाले विरुद्ध चौतर्फी घेराबन्दी गर्नु काम भईरहेको छ, त्यसको प्रतिवाद गर्नुु््पर्दछ, पार्टीका नीति र निर्णयमा दृढताका साथ प्रस्तुत हुनुपर्छ ।’ समान्तहरुले जनताको युगलाई चनौति दिईरहेकाले त्यसका विरुद्ध नेकपा एमालेले शसक्त प्रतिवाद गर्नपनि उनले कार्यकर्तालाई निर्देशन दिए।
कांग्रेस एमाले मिलेपछि प्रचण्डमा छटपटी भएको पनि महासचिव पोखरेलको दावि छ ।
रास्वपा जनताको निरास, कुष्ठा र पपुलिज्ममा जन्मीएको बताउँदै ‘अहिले उनिहरु एमाले विरुद्ध खिनिका छन् । अराजकताको र पपुलिज्मको आयु लामो हुदैँन् ।’ आफुले गरेको बदमासीलाई सरकारले प्रतिशोध गरेको भन्दैँ प्रचार गरिएको उनले आपत्ति जनाए ।
