
न्यूनतम पारिश्रमिक र सामाजिक सुरक्षा कोषमा आवद्धता अनिवार्य कार्यान्वयनका एमाले महासचिव पोखरेलको ध्यानाकर्षण

महेन्द्रनगर । नेपाल निजामती कर्मचारी संगठन सुदुरपश्चिम प्रदेश समितिले न्यूनतम पारिश्रमिक र सामाजिक सुरक्षा कोषमा आवद्धता अनिवार्य कार्यान्वयनका लागि सत्तारुढ दल एमाले महासचिव शंकर पोखरेलको ध्यानाकर्षण गराएको छ ।
प्रदेश समितिका अध्यक्ष महादेब जोशीको नेतृत्वमा आइतबार महासचिव पोखरेल सहित एमालेका उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी र कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य तारालामा तामाङलाई ध्यानाकर्षण पत्र बुझाएईको छ ।


एमाले कञ्चनपुर जिल्ला कमिटिको प्रतिनिधि परिषद् बैठकलाई सम्बोधन गर्न महासचिव पोखरेल आइतबार विहान महेन्द्रनगर आएका हुन् । उनी सोमबार धनगढी फर्किने कार्यक्रम छ ।


होटेल ओपेरामा निजमाती कर्मचारी संगठन प्रदेश समितिका अध्यक्ष जोशी सहित संगठनका कञ्चनपुर अध्यक्ष मान बहादुर चन्द लगायतले महासचिव पोखेरेल सहित मन्त्री भण्डारी र साँसद तामाङ्गलाई न्यूनतम पारिश्रमिक र सामाजिक सुरक्षा कोषमा आवद्धता अनिवार्य कार्यान्वयनका लागि सहयोग गरि दिन आग्रह गरेका छन् ।

महासचिव पोखरेलले नगरपालिका महासंघ र गाउपालिका महासंघलाई तत्काल खबर गर्ने र आफ्नो मातहतका कमिटीलाई निर्देशन गर्ने प्रतिबद्धता गरेका छन् ।

