
कञ्चनपुर जिल्लामै उच्च जीपीए ल्याएकी सरस्वती मावि मोतिवस्तीकी लामिछाने सहित एसईई उत्कृष्ठ विद्यार्थीलाई शिक्षक संगठनको सम्मान


महेन्द्रनगर । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला महिला विभागले आयोजना गरेको हरितालिका तीज विशेष कार्यक्रममा कञ्चनपुर जिल्लाभरका सामुदायिक विद्यालयका माध्यमिक शिक्षा परीक्षा(एसईई) मा उत्कृठ जीपिए ल्याउने विद्यार्थीलाई सम्मान गरिएको छ ।
बेलौरीस्थित सिद्धार्थ रिसोर्टमा गरिएको कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला समिति कञ्चनपुरको तर्फबाट विद्यार्थीहरुलाई सम्मान गरिएको छ ।

शिक्षक संगठनको महिला विभाग संयोजक सत्या रोकायाको अध्यक्षतामा गरिएको कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक सङ्गठन राष्ट्रिय समिति सदस्य धनमती बिष्ट प्रमुख र राष्ट्रिय समिति सदस्य हरि प्रसाद रिजाल विशिष्ठ अतिथि थिए ।
कार्यक्रमा उत्कृष्ठ नतिजा ल्याउने विद्यार्थीलाई खादा र टिका लगाई प्रशंसा पत्र सहित जनही नगद एक हजार एक सय पाँच रुपैँया प्रदान गरी सम्मान गरिएको छ ।
शिक्षक संगठनका जिल्ला अध्यक्ष उत्तम विष्टका अनुसार पुनर्वास नगरपालिकाको सरस्वती मावि. मोतिबस्तीबाट जिल्लाभरमै सबैभन्दा उत्कृष्ठ जीजीए ल्याएका अपेक्षा लामिछाने सहित विद्यार्थीलार्ए कार्यक्रममा सम्मान गरिएको छ । लामिछानेले एसएईईमा ३ दशलव ९६ जीपीए ल्याएकी छन् ।
यसैगरी लक्ष्मी मावि दोधारा चाँदनीका सुवर्ण रावत, महेन्द्रनगर मावि. महेन्द्रनगरका लक्ष्मी पाण्डेय, महेन्द्रनगर माविका अर्का विद्यार्थी ग्रिष्म अवस्थी लगायत छन् ।

उनीहरुमध्ये रावत ३.९५, पाण्डेय ३.९५ र अवस्थीले समान ३ दशमलव ९५ जीपीए ल्याएर उत्कृष्ठ स्थान हासिल गरेका छन् ।
बेदकोट नगरपालिकाको भुवनेश्वर माध्यमिक विद्यालय सिसैयाका भुवनेश्वर पन्तलाई पनि सम्मान गरिएको छ । पन्तले एसईईमा ३ दशमलव ७८ जीपीए ल्याएका छन् ।
शुक्लाफाँटा नगरपालिकाको राष्ट्रिय मावि पिपलाडीबाट ३ दशमलव ८० जीपीए ल्याएकी ईश्वरी जोशीलाई कार्यक्रममा सम्मानित भएकी छन् ।
राष्ट्रिय मावि पहरिया कृष्णपुरकी प्रियाँशु लुहार, लाझालडी गाउँपालिकाको सरस्वती माविका विजय चौधरी, रौलेश्वर मावि. बेलडाडीका दिपेश खातीलाई पनि सम्मान गरिएको छ ।
उनीहरुमा लुहारले ३ दशमलप ७४, चौधरी ३ दशमलव ५०, खाती ३ दशमलव ६५ जीपीए ल्याएका छन् ।
बेलौरी नगरपालिकास्थित लक्ष्मी मावि. जबदीयाबाट ३ दशलव ८७ जीपीए ल्याएकी रोशनी खनाललाई पनि सम्मान गरिएको छ ।
कार्यक्रममा बेलौरी नगरपालिका ४ नम्बर वडा अध्यक्ष अर्जुन ढकाल, पेशागत महासंघ नेपालका केन्द्रिय सदस्य जयन्ती पन्त, नेपाल राष्ट्रिय शिक्षक सङ्गठन सुदूर पश्चिम प्रदेश समिति सदस्य दुर्गा नेपाल, नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला समिति अध्यक्ष उत्तमसिंह बिष्ट, संगठनका निवर्तमान अध्यक्ष बेद प्रसाद उपाध्याय, शिक्षक बचत तथा ऋण सहकारी संस्थाका सचिव हर्क बहादुर चन्द सहित संगठनका पदाधिकारी, सदस्य सहभागी भएका छन् ।
संगठनका जिल्ला समिति सदस्य डिलमाया बिकले सञ्चालन गरेको कार्यक्रममा सह–कोषाध्यक्ष नर्मदा कलौनी जोशीले स्वागत मन्तव्य राखेकी थिइन् ।
