

महेन्द्रनगर । जनसरोकार पोष्ट पत्रिकाले आफ्नो १३ औं वार्षिकोत्सवमा नेपाल पत्रकार महासंघ कञ्चनपुरको पत्रकार कल्याण कोषलाई सहयोग गरेको छ ।

बुधबार महासंघ कार्यालयमा पत्रिकाका प्रकाश राजेन्द्र प्रसाद अवस्थीले महासंघ अध्यक्ष सुरेश धामीलाई नगद ११ हजार १ सय ११ रुपैँयाको चेक हस्तान्तरण गरे ।

पत्रकार महासंघ कञ्चनपुर शाखाका सल्लाहकार निवर्तमान अध्यक्ष माधव सिह धामी लगायत पत्रकार चेक हस्तारण कार्यक्रममा सहभागी भएका छन् ।
महासंघ जिल्ला अध्यक्ष धामीले पत्रकारको हकहित, कल्याणका लागि कोष स्थापना गरिएको बताए ।

