ghar sansar

बाल संगठन कञ्चनपुरको अध्यक्षमा भट्ट चयन

khasi

महेन्द्रनगर । नेपाल बाल संगठन अर्थात् “बाल मन्दिर” कञ्चनपुरको जिल्ला सभा तथा अधिवेशनबाट दिर्घराज भट्ट अध्यक्ष चुनिएका छन् । बुधबार सम्पन्न जिल्ला अधिवेशनबाट भट्टको अध्यक्षतामा समिति चयन गरिएको छ । समितिमा महेश दत्त भट्ट, तर्कराज भट्ट, पार्वती अवस्थी, गोपिलाल कँंडेल, राम बहादुर कुवँर र धर्म सिह भाट सदस्य छन् ।

बाल संगठन कञ्चनपुरका तदर्थ समितिका अध्यक्ष भट्टको अध्यक्षतामा कार्यक्रम गरिएको छ । नेपाल बाल संगठनका केन्द्रीय अध्यक्ष बिद्या उपाध्याय न्यौपानेले अधिवेशन उद्घाटन गरेकी छन् ।

western public academy

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले नेपालका अनाथ बालबालिकाको संरक्षणका लागि यो संस्थाले खेलेको भूमिका अविस्मरणीय भएपनि हाल आएर काम भन्दा पनि कुरा वढि हुने प्रवृत्तिका कारण ओझेलमा पर्दै गएको बताए ।

dirhayu

नयाँ आउने कार्यसमितिले संस्थाको विगतको बिबादास्पद छबिको अन्त्य गर्दै अनाथ बालबालिकाको अबिभावकत्व ग्रहण गर्न सक्ने खालको होस भन्ने शुभकामना दिए । उनले संस्थाको अतिक्रमित सम्पति फिर्ता ल्याउन पहल गर्ने समेत बताए ।

नेपाल बाल संगठनको बारेमा प्रकास पार्दै संस्थाका केन्द्रीय सदस्य चुडामणि भट्टले राष्ट्रिय निर्देशन ऐन–२०१८ अन्तर्गत बि.सं. २०२१ बि.सं.मा स्थापना भएको यस संस्थाको उद्देश्य असहाय बालबालिकाको संरक्षण, अधिकार प्रवद्र्धन र आश्रय तथा शिक्षा प्रदान गर्नु रहेको बताए ।

नेपाल बाल संगठनका अध्यक्ष बिद्या उपाध्याय न्यौपानेले नेपाल बाल संगठन सबै अनाथ बालबालिकाको व्यवस्थापन गर्न नसके पनि धेरै जसो अनाथ बालबालिकाको संरक्षण गरिरहेको बताउनु भएको छ । सरकारले थप व्यवस्थित गर्न आवश्यक रहेको बताउदै अध्यक्ष न्यौपानेले भनिन्, ‘यसको औचित्य छैन भने सरकारले यसको खारेजी गरोस होइन भने यसको अविभावकत्व सरकारले ग्रहण गर्नु पर्दछ“ ।

कार्यक्रमको सञ्चालन बाल संगठनका सदस्य गणेश ऐरीले गरेका थिए । नेपाल बाल संगठन (बालमन्दिर) ले १९६४ ब्.म्. मा स्थापना भएको थियो । हालसम्म १० वटा बालगृह ७७ जिल्ला कार्यसमिति, र ४४४ जना बालबालिका संरक्षणमा राखेको छ।

Himal dental
सम्बन्धित
Loading...