ghar sansar

बेलडाँडीका अध्यक्षले चढ्ने गाडीमा उपाध्यक्षले भेटाइन् चुरोटको बट्टा

khasi

महेन्द्रनगर । बेलडाँडी गाँउपालिकाकी उपाध्यक्ष शान्ति नाथले गाउँपालिका अध्यक्ष हरिश चन्द्र रानाले चढ्ने गाडीमा भेटिएको चुरोटको बट्टा पत्रकार सम्मेलनमा सार्वजनिक गरेकी छन् ।

उपाध्यक्ष नाथले आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गरी आफूले नियन्त्रणमा लिएको गाडीको चावी सहित चुरोटको बट्टा देखाएकी हुन् ।

western public academy

उपाध्यक्ष नाथलाई बेलौरी नगरपालिका कार्यक्रमका लागि अध्यक्ष रानाल गाडी नदिएपछि उनीहरुबीच विवाद भएको थियो । उपाध्यक्ष नाथले गाडीको चावी नियन्त्रणमा लिने क्रममा चुरोटको बट्टा गाडीमा भेटिएको थियो ।

बेलौरी कार्यक्रमका लागि अध्यक्ष गाडी नदिएपछि दुई जनाबीच विवाद भएको विषयलाई लिएर सामाजिक सञ्जालमा उनले अध्यक्षलाई ज्यार्ने धम्की दिएको सार्वजनिक भएपछि पत्रकार सम्मेलन गरी नाथले प्रष्टीकरण दिएकी हुन् । उनले गाउँपालिmकाको गाडी सबैले प्रयोग गर्ने भए पनि आफूलाई बेलौरी कार्यक्रमका लागि जान नदिएको बताइन् ।

सोमबार सामाजिक संञ्जाल फेसबुकमा उपाध्यक्ष नाथले गाँउपलिकाको गाडीका ड्राईभर कर्ण बहादुर धामीलाई ‘मैले काममा जान नपाउने ! नचाइने काम गर्ने ! भिट्टु मात्रै दे तेरा अध्यक्ष कि घाटी च्याप्या हु ! अरु केही हुन्या हैन ! तेइ भित्र हाल्या कि ! मैले भन्दिया छु ! भन्ने शब्द प्रयोग गरीएको अडियो भाईरल बनेको थियो ।

सो अडियोमा उनले गाडी नियमविपरित चलाएको पनि उल्लेख गरेकी थिईन । उनले अगाडि भनेकी छन ‘कसैको बाउ बोक्ने, कसैकी जोई बोक्ने ! कैसैकी बा को गाडी हैन । ! साला कसैलाई रात, बिहान पुर्याउने ! त्यै गाडी नाचेकै नाच्या हुन्छ ! मैले काममा जान नपाउने !’

dirhayu

उपाध्यक्ष नाथले उक्त अडियोको सन्दर्भबारे पत्रकार सम्मेलनमा स्पष्ट पारेकी छन् । आफु कामले बेलौरी जान लागेको भन्दै ड्रँईभरलाई पुगाईदिन आग्रह गर्दा समेत ड्राईभरले अध्यक्षलाई सोध्नुपर्ने भन्दै आनाकानी गरेको बताईन । उनका अनुसार सो कार्यक्रममा अध्यक्ष र उपाध्यक्ष नै उपस्थित हुनुपर्ने भनिएपनि अध्यक्षले जान मानेका थिएनन ।

उनले भनिन ‘म बेलौरी एनएनएसडब्लुए को आयोजनामा भईरहेको कार्यक्रम जान ला थे । लालझाडी र बेलडाँडी गाउपलिका अध्यक्ष उपाध्यक्ष सहित विनि लाई बोलाईएको थियो । सो कार्यक्रममा पुर्याई दिन ड्रईभरलाई भनेको हु । मलाई पुगाउन पनि अध्यक्षलाई सोध्नुपर्ने भनेपछि मैले गाडी कसै व्यक्तिको हैन, पलिकाको गाडी हो । गाडी यसरी चलाउन भएन । काम विशेष मात्र बाहिर जाने हो । अध्यक्षले पनि नियम विपरित गाडी चलाउन पाएन । मैले बताउने हो । धेरै कुरा बताउनु परे त्यसैलाई समाएर सबै कुरा बताउछु भन्न खोजेकी हु । मेरो भनाईलाई तोड मरोड गरि गलत प्रचार भयो । ‘

ड्राईभरले उनलार्ई पुगाउन नमानेपछि गाडीको चाबी लगेर नाथ बेलौरी गइन । अनि सामाजिक संञ्जाल फेसबुकमा सार्वजनिक भएको थियो अडियो । ‘रातको समय होटल,रक्सी भट्टीमा गाडी सहित पुग्ने । एकदम दुरुपयोग गर्न लागे गाडीे । अस्ती रातिको ९ बजेसम्म बेदकोटको रेग्मी होटलमा थियो गाडी । गाडीको दूरुपयोग बढेपछि हेर्ने जिम्मा लिएकी छु । कामले बाहिर जान नपाउने तर दुरुपयोग बढ्दै गएपछि चाबी आफुले राखेकी हु ‘ उनले भनिन ।

गाडी विदाको दिनमा समेत चल्ने गरेको उनको दाबी छ । ५ वडा रहेको गाँउपलिकामा गाडी मर्मत र तेल खर्च अत्यधिक रहेको उनले बताइन । काम त्यति धैरै नहरेको गाँउपलिकाको गाडी २४ घण्टा कसैको स्वास्नी बोक्ने कसैको घास बोक्ने , रक्सी बोक्ने , चुरोट बोक्ने गरेको उनको आरोप छ । गाडीमा उनले चुरटको डब्बा नै फेला पारेको समेत बताईन ।

‘काम गर्दा गाडी नदिने ,नहुने । व्यक्तिका लागि जतिबेला नि गाडी जतिबेला नि हुने भएपछि मैले चाबी खोसेको हूँ ‘ नाथले भनिन ‘अस्ती विदाको दिन शेभाताल लगे ,त्यहा बाट महेन्द्रनगर गए । विदाको दिन पनि गाडी चलेकै हुन्छ ।‘ गाँडीको तेल र मर्मत खर्च पलिकाले धान्नै नसक्ने गरि ४२ लाख आएको उनको भनाई छ ।

उनले आफुले प्रदेशबाट पाउनु पर्ने सेवा सुविधा नलिएको दाबी गरिन । उनले हामी गाँउपलिका अन्तरगतका जति पनि जनप्रतिनिधिलाई घर आउजाउ गर्न इन्धनको खर्च ९ हजार दिइएको छ, त्यसको आफुले निजि गाडीमा पेट्रोल हाल्ने गरेको बताईन । उनले प्रदेशको कानुनमा आफुलाई स्कुटी, १२५ लिटर पेट्रोल, १० लिटर मोविल गाडी मर्मत सबै पलिकाले गर्ने रहेपनि आफुले उक्त सुविधा नलिएको बताईन् ।

गाउँपालिका अध्यक्ष हरीशचन्द्र रानाले आफ्नो नाममा अभिलेखिकरण गरीएको गाडी पालिकाका अन्य जनप्रतिनिधि, कर्मचारी सबैले आवश्यकताको आधारमा मात्रै चलाईरहेको बताए । अध्यक्ष राना गाडीको दुरुपयोगको विषयमा केहि बोलेनन् ।

गाडीमा चुरोटको बट्टा भेटिएको विषयमा पनि अध्यक्ष रानाले प्रष्ट जवाफ दिएन । उनले गाडीले लैजानेलाई त्यस विषयमा थाह हुन पर्ने बताए ।

 

Himal dental
सम्बन्धित
Loading...