

महेन्द्रनगर । भीमदत्त नगरपालिका ७ हल्दुखालस्थित महाकाली जनसेवा माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष राज बहादुर चन्द चयन भएका छन् । व्यवस्थापन समितिका सदस्यहरुको भेलाबाट चन्द सर्वसम्मत चयन भएका छन् ।

व्यवस्थापन समितिमा नर बहादुर धानुक, लक्ष्मीदत्त जोशी, चन्द्रा भट्ट, जयन्ति खडायत र भागरथी नाथ सदस्य चुनिएका छन् ।

विद्यालयमा गरिएको सदस्यहरुको भेलामा भीनपा ७ का वडा अध्यक्ष गणेश बहादुर चन्द लगायतका सहभागी भएका छन् ।
व्यवस्थापन समितिका नव निर्वाचित अध्यक्ष चन्दले विद्यालयको शैक्षिक गुणस्तर र भौतिक पूर्वाधार विकास र विस्तार कार्यलाई प्राथमिकता दिइने बताए ।
