

महेन्द्रनगर । भीमदत्त नगरपालिका १३ स्थित सिद्धनाथ माध्यमिक विद्यालय बडैपुरमा हरितालिका तीज तथा गौरा पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरिएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेश भट्ट को अध्यक्षतामा भएको कार्यक्रममा भी.न.पा १३ का वडाध्यक्ष राम बहादुर बोहरा प्रमुख अतिथि थिए। वडा सदस्यद्वय बाला देवी नाथ र फुल पहरी परी, वि.ब्य.स.सदस्य बलराम राना र बसन्ती खड्का,प्रधानाध्यापक जनक बहादुर चन्द,सम्पुर्ण शिक्षक–कर्मचारी,अभिभावक वर्ग तथा विद्यार्थी सहभागी भएका छन् ।


विद्यालयका शिक्षिका कान्ति पन्त भट्टले सञ्चालन गरेको कार्यक्रममा शिक्षिका तथा देउडिया जानकी साउद धामीले स्वागत मन्तव्य राखिन् । चाडपर्वका अवसरमा संस्कृति जगेर्ना गर्न,आपसी सद्भाव बलियो राख्दै नाचगान तथा दर खाएर शुभकामना आदानप्रदान गरेको प्रधानाध्यापक चन्दले बताए ।
व्यवस्थापन समिति अध्यक्ष भट्टले चाडपर्वको धार्मिक,सामाजिक र साँस्कृतिक महत्व रहेकाले सामाजिक विकृतिहरुको अन्त्य गर्दै एक आपसमा एकता,विश्वास कायम गर्न तथा तनावमुक्त हुन मनोरञ्जन गर्नु आवश्यक रहेको बताए ।
कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष बोहराले शुभकामना मन्तब्य राख्दै भने “विद्यालयले युवा जुझारु नेतृत्व पाएसंगै राम्रो गतिमा काम गरि रहेकोमा प्रसंशा गर्दै आफ्नो तर्फबाट हुनसक्ने सहयोगका लागि पछि नहट्ने“बचन ब्यक्त गरे ।
