ghar sansar

जन्म दिनमा वृद्धाश्रम पुगिन् अधिकारकर्मी नेपाली, सहयोग दिएर फर्किइन्

khasi

महेन्द्रनगर । अधिकारकर्मी सरस्वती नेपालीले आफ्नो जन्म दिनमा भीमदत्त नगरपालिका ५ वनखेतस्थित महिला तथा वृद्ध सेवा केन्द्रमा सहयोग गरेकी छन् ।

अधिकारकर्मी नेपाली आफैं वृद्धाश्रम केन्द्रमा पुगेर खाद्य सामाग्री सहयोग गरेकी छन् । वृद्धाश्रमका अध्यक्ष शारदा चन्दलाई चामल, दाल, फलफूल हस्तान्तरण गरिएको छ ।

western public academy
dirhayu

अधिकारर्मी चन्दले मुठीदान सहयोगबाट आश्रम सञ्चालन गर्दै आएकी छन् । आश्रममा वृद्ध वृद्धा र हिंसा पीडित महिला र बालबालिका आश्रित छन् ।

अधिकारकर्मी नेपाली बैतडीको दशरथ चन्द नगरपालिकाकी हुन् । वर्षौदेखि समाजका कमजोर वर्गको हक अधिकार संरक्षणका लागि लड्दै आएकी नेपाली मानव अधिकार, सामाजिक न्याय र राजनीतिमा पनि आवद्ध छन् ।

अधिकारकर्मी नेपालीले अमेरिकी डिपार्टमेन्ट अफ स्टेटको “ग्लोबल एन्टी–रेसिज्म च्याम्पियन्स अवार्ड” प्राप्त गरेकी छन् । सीमान्तकृत जाति, अपाङ्ग र गरिबहरूको मानव अधिकारको लागि दुई दशकदेखि सक्रिय छन् ।

Himal dental
सम्बन्धित
Loading...