


- justify;”>महेन्द्रनगर । भीमदत्त नगरपालिका १३ पिपरियास्थित महाकाली नदीमा किनारमा थुपारिएको ग्राभेल धमाधम हटाउन थालिएको छ । पिपरियास्थित विजय टोलमा स्थानीयले भोगचलन गर्दै आएको जग्गा भाडामा लिएर केही वर्षदेखि ग्राभेल संकलन गरिएको थियो ।
- justify;”>झोलुङ्गे पुल नजिक पिपरिया घाटबाट उत्खनन गरी गिट्टी बालुवा घाट नजिक संकलन गरिएको हो । झण्डै दुई सातादेखि घाट नजिक राखिएको ग्राभेल हटाउन थालिएको छ । त्यसका लागि विहानदेखि साँझसम्म ५० देखि एक सय ट्रिपर प्रयोग गरिएका छन् ।
- justify;”>सिद्धनाथ उदयदेब अनमोल क्रसरले आफ्ना सवारी साधन प्रयोग गरी ग्राभेल हटाई रहेको छ । त्यहाँबाट ग्राभेललाई बेदकोट नगरपालिकाको सुन्दरपुरस्थित क्रसरसम्म ल्याइ रहेको हो । ‘विहानदेखि साँझ बोकि रहेका छौ, यहाँ क्रसरसम्म लैजान्छौ’ आइतबार साँझ ट्रिपर चालकहरुले भने ।
- justify;”>व्यवसायी गजेन्द्र बिक्रम थापाले शनिबार पत्रकारहरुपछि ग्राभेलको वैधानिकताबारे प्रश्न उठाएका थिए । स्टक प्रमाणित नगरी ग्राभेल ओसारपसार भई रहेको थापाको आरोप थियो । थापाले ग्राभेललाई लिएर सार्वजनिक रुपमा प्रश्न उठाएपछि यसतर्फ धेरैको ध्यान गएको छ ।
- justify;”>ग्राभेलको वैधानिकतामाथि सार्वजनिक रुपमा प्रश्न उठेपछि भीमदत्त नगरपालिका १३ का वडा अध्यक्ष राम बहादुर बोहरा झकाससित कुराकानी गरेका छौ ।
- justify;”>वडा अध्यक्ष बोहराले नदी किनारमा पहिलदेखि ग्राभेल राख्दै आएको आफूले देखे पनि त्यस बाहेक अन्य केही जानकारी नभएको बताए ।
- justify;”>‘यहाँ पहिलादेखि नै राख्दै आएका थिए, अहिले उठाई रहेका छन्,’ वडा अध्यक्ष बोहराले भने, ‘यो के कति परिमाणमा छ, कसरी राखियो, त्यस बारे मलाई केही थाह छैन ।’
- justify;”>वडा कार्यालयले खानेपानी योजनाका लागि जग्गा चाहिने भएपछि खाली गर्न नगरपालिकालाई पत्राचार गरिएको बताए ।
- justify;”>नगरपालिकालाई पठाइएको पत्रको जानकारी सिद्धनाथ उदयदेब अनमोल क्रसरलाई पनि गराइएको छ । ‘मलाई खानेपानी योजनाका लागि जमिन चाहिएको छ, त्यसमा ग्राभेल छ, त्यसलाई हटाई दिनु भनेर पत्र पठाएका हौ’ उनले भने ।
- justify;”>त्यस स्थानमा पिपरिया बडैपुर खानेपानी योजना बनाउन लागिएको छ । प्राविधिक टोलीले स्थलगत निरीक्षण गरी अध्ययन गरि सकेको छ ।
- justify;”>ग्राभेलका कारण दुई खानेपानीको योजनाको दुई वर्षको बजेट फ्रिज भएको छ । वडा अध्यक्ष बोहराका अनुसार दुई वर्षमा ३५ लाख बजेट फ्रिज गएको छ ।
- //ebikalpadainik.com/wp-content/uploads/2025/08/2-25-300×135.jpg” alt=”” width=”926″ height=”417″ />
- justify;”>उनका अनुसार आर्थिक वर्ष २०८१÷०८२ मा १५ लाख र अघिल्लो वर्ष २० लाख बजेट फ्रिज गएको थियो । ‘बर्सेनी बजेट फ्रिज गएपछि यस वर्ष जसरी पनि ग्राभेल हटाउनु पर्ने चिठी पठाएका हौ’ वडा अध्यक्ष बोहराले भने ।
- justify;”>एशियाली विकास बैंक(एडिबी ) को ऋण अनुदानमा खानेपानी योजना बनाउन लागिएको हो । खानेपानी योजनाका लागि सात कट्टा जग्गा चाहिएको छ । वडा अध्यक्ष बोहराका अनुसार ग्राभेल राखिएको स्थानमा सात कट्टा भन्दा बढी जग्गा छ ।
- justify;”>स्थानीयले जग्गा भोगचलन गर्दै आएका छन् । उनीहरुले ग्राभेल राख्नका लागि जग्गा भाडामा दिएका हुन् । स्थानीयका अनुसार वार्षिक सम्झौता गरी जग्गा भाडामा दिइएको छ ।
- justify;”>महाकाली नदी किनार विजय टोलमा थुपारिएको ग्राभेल सम्बन्धि पत्रकार तेज बहादुर सिह मुस्कानले भीमदत्त नगरपालिकाका नगर प्रवक्ता पदमराज अवस्थी र योजना शाखा प्रमुख इन्जिनियर हिमालय सिह ऐरीसित कुराकानी गरेका छन् ।
- justify;”>पत्रकार सिहका अनुसार प्रवक्ता अवस्थीले यसबारे आफूलाई धेरै जानकारी नभएकाले कार्यालयबाट जानकारी लिन आग्रह गरे ।
- justify;”>भीमदत्त नगरपालिकाका योजना शाखा प्रमुख इन्जिनियर ऐरीले पिपरिया घाटमा थुपारिएको ग्राभेलको नगरपालिका कार्यालयबाट स्टक प्रमाणित नभएको बताए । ‘स्टक प्रमाणित गराउनु पर्ने व्यवस्था छ, तर त्यसमा स्टक प्रमाणित भएको छैन,’ उनले भने ।
- justify;”>इन्जिनियर ऐरीले सुदूरपश्चिम प्रदेश सरकारको नदीजन्य पदार्थ उत्खनन सम्बन्धि कार्यविधिका आधारमा घाटगद्दी हुने र त्यसका आधारमा स्टक प्रमाणित हुने बताए । ‘कार्यालयलाई घाटगद्दी गरिएको र त्यसको स्टक प्रमाणित गरिएको छैन’ उनले भने ।
- justify;”>संघीय संरचना अनुसार २०७४ को स्थानीय तह निर्वाचनपछि भीमदत्त नगरपालिकाले महाकाली नदी सहित विभिन्न खोलानालाको नदीजन्य पदार्थ उत्खननको ठेक्का लगाउन थालेको हो ।
- justify;”>त्यस अघि ठेक्का लगाउने अधिकार तत्कालिन जिल्ला विकास समितिलाई थियो । अहिले जिल्ला समन्वय समितिमा रुपान्तरित जिल्ला विकास समितिलाई नदीजन्य पदार्थ उत्खननको अनुगमन गर्ने जिम्मा दिइएको छ ।
- justify;”>महाकाली नदीका पिपरिया सहित भुजेला र ऐरी घाटबाट नदीजन्य पदार्थ संकलन र ओसारपासर हुने गर्छ ।
- justify;”>भीमदत्त नगरपालिकाले ठेक्का लगाएपछि असोज १ गतेदेखि जेठ मसान्तसम्म महाकाली नदीमा नदीजज्य पदार्थको उत्खनन, संकलन र ओसारपसार हुने गरेको छ ।
- justify;”>भीमदत्त नगरपालिकामा पदम बोगटी मेयर आएपछि पछिल्लो दुई वर्ष मात्रै ठेक्का लागेको छ । २०७९ मा मेयर भएर आएपछि बोगटीले अमानतमा राजश्व संकलन गर्न लगाएका थिए ।
- justify;”>भीमदत्त नगरपालिकाका नगर प्रवक्ता अवस्थी लगायत अमानत विरुद्ध उभिएपछि ठेक्का लगाइएको हो ।
- justify;”>व्यवसायी थापाले पिपरिया घाटबाट अवैध रुपमा ग्राभेल ओसारपसार भई रहेको बारे भीमदत्त नगरपालिकाका मेयर पदम बोगटी, उप मेयर निलम लेखक जोशी, समन्वय समिति प्रमुख दुर्गादत्त बोहरा र प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाललाई जानकारी गराएका छन ।
- justify;”>उनीहरु सबै हालसम्म यसमा मौनता साँधेर बसेका छन् । भीमदत्तका मेयर र उप मेयरले फोन रिसिभ समेत नगरेको थापाले बताए ।
- justify;”>‘यो कुनै निकायबाट स्टक प्रमाणित गरिएको छैन, यो अनमोल क्रसरले उठाई रहेको छ’ थापाले भनेका थिए ।

