ghar sansar

बेलौरीमा एमालेको तीज विशेष दर खाने कार्यक्रम

little buddha academy
khasi

महेन्द्रनगर । एमाले बेलौरी नगर कमिटी र अखिल नेपाल महिला संघले तीज विशेष दर खाने कार्यक्रम मनाएको छ । एमाले केन्द्रीय सदस्य कमला बोहराको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको छ ।

कार्यक्रममा एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य यज्ञ कँडेल, एमाले कञ्चनपुर सचिव पल्लवराज भट्ट, बेलौरी नगरपालिका उप मेयर जोगराम चौधरी लगायतका नेताहरु सहभागी भएका छन् ।

,orning glory badhai

कार्यक्रममा शुभकामना आदानप्रदान, नाचगान लगायतका कार्यक्रम गरिए । कार्यक्रमका प्रमुख अतिथि केन्द्रीय सदस्य बोहरा लगायतका नेताहरु तीजका गीतमा नाचेका छन् ।

dirghayi clinic

कार्यक्रममा बेलौरी ४ का वडा अध्यक्ष अर्जुन ढकालले स्वागत मन्तव्य राखे ।

कार्यक्रममा एमाल जिल्ला कमिटी सदस्यहरु इन्द्रदेब भट्ट, सुरेन्द्र शाही, महेश्वरी खत्री, जिल्ला सल्लाहकार परिषद् सदस्य अर्जुन ढकाल, एमाले बेलौरी नगर कमिटी उपाध्यक्ष सहबीर महतरा, एमाले प्रदेश निर्वाचन क्षेत्र समन्वय समिति सदस्य टेक बोहरा लगायत नेताहरु सहभागी भए ।

कार्यक्रममा प्रमुख अतिथि बोहरा सहित केन्द्रीय सल्लाहकार परिषद् सदस्य कँडेल र जिल्ला कमिटी सचिव भट्टले शुभकामना मन्तव्य राखे ।

 

Himal dental
सम्बन्धित
Loading...