

महेन्द्रनगर । नेपाल ईटा उद्योग महासंघ सुदूरपश्चिम प्रदेश अध्यक्षमा बलदेब सिह बुडाल दोहोरिएका छन् । पुनर्वासमा भएको महासंघको दोस्रो अधिवेशनबाट बुडाल अध्यक्ष दोहोरिएका हुन् ।

महासंघको वरिष्ठ उपाध्यक्ष मुक्ति प्रशाद सुवेदी, महासचिव सुरज श्रेष्ठ, कोषाध्यक्ष नविन शर्मा र सदस्यमा खडक बिक्रम थापा , दिलिप बहादुर चन्द , विष्णूदत्त पाण्डेय चयन भएका छन् ।

पुनर्वास नगरपालिकाका मेयर तोय प्रशाद शर्माले अधिवेशन उद्घाटन गर्दै इटा व्यवसायीका समस्या समाधानका लागि पहल गर्ने बताए ।
