

महेन्द्रनगर । भीमदत्त नगरपालिका महाकाली नदीको रोयल्टीलाई लिएर फेरि विवादमा तानिएको छ । महाकाली नदीको पिपरिया घाटमा थुपारिएको ग्राभेलको थुप्रोले भीमदत्त नगरपालिकामाथि चौतर्फी प्रश्न चिन्ह उठेको छ ।
गत आर्थिक बर्षमा मात्र भीमदत्तले महाकाली नदीको उत्खनन ठेक्का बाफत करिब ७ करोड ७५ लाख रुपैया आम्दानी ग¥यो । दुई बर्षदेखि बातावरणलाई नै प्रभावित गर्ने गरी नियम विपरित नदी किनारमै बस्ती नै छोप्ने गरी सयौ घनमिटर गिट्टी, बालुवा सहित ग्राभेल संकलन गरी राख्दा समेत नगरपालिकाले ती ठेकेदारलाई किन कानूनी दायरामा ल्याएन ।

हरेक आर्थिक बर्षअघि अर्थात जेष्ठ मसान्तभित्र स्टक प्रमाणित गर्नुपर्ने प्रावधान छ । यस प्रावधान अनुसार स्टक प्रमाणित नगरी धमाधम ग्राभेल उठाउन थालिएपछि रोयल्टी विवाद फेरि चर्किएको छ ।

नदीजन्य प्रदार्थ उत्खन्न र ब्यवसथापनका लागि कार्यबिधि तयार भईसकेको र कार्यान्वयनमा ल्याउन आलटाल गरिदै आएको समयसीमालाई जानकारी प्राप्त भएको छ । ठुलो परिणममा भीमदत्त नगरपालिका– १३ मा पर्ने पिपरिया घाँटमा संकलन गरी राखीएको ग्राभेल ठेकेदारले उठाएपछि मात्र त्यो कार्यबिधि लागु गर्ने मनसायमा भीमदत्तका केहि जनप्रतिनिधि र कर्मचारी देखिएको नगरपालिकाका एक कर्मचारीले बताए ।
महेन्द्रनगरका प्रतिष्ठित उद्योगी गजेन्द्र बिक्रम थापाले केहि दिनअघि आयोजित पत्रकार सम्मेलनमा भिमदत्त नगरपालिकाले बेदकोट नगरपालिकाको सुन्दरपुरस्थित सिद्धनाथ उदयदेब अनमोल क्रसरलाई अबैध रुपमा पिपरिया घाँटबाट ग्राभेल उठाउन दिएको आरोप लगाएका थिए । यसमा ठुलो आर्थिक चलखेल भएको समेत उद्योगी थापाले बताएका थिए ।
थापाले अबैध रुपमा क्रसरले पिपरिया घाँटबाट ग्राभेल उठाई रहेको भन्दै कारवाहिका लागि जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समितिमा निवेदन समेत दिएका छन् ।
महाकाली नदीको पिपरिया घाटबाट अवैध रुपमा ग्राभेल ओसारपसार भएको गुनोसो आएपछि जिल्ला समन्वय समितिका प्रमुख दुर्गादत्त बोहराले सोमबार जिल्ला अनुगमन समितिको बैठक बोलाएका छन । बैठकमा पिपरिया घाँटबाट दैनिक रुपमा ओसारपसार भई रहेको ग्राभेल सम्बन्धि छलफल गरिएको बताइएको छ ।

