ghar sansar

दोधारा चाँदनीका किसानले बर्ड फ्लु रोक्न नाकामा दिन थाले रातभर पहरा

khasi

महेन्द्रनगर । भारतीय सीमावर्ती सहरमा बर्ड फ्लु संक्रमण देखिएपछि दोधारा चाँदनी नगरपालिकाका कुखुरा पालक किसानहरुले सीमा क्षेत्रमा रातभर पहरा दिन थालेका छन् ।

दोधारा चाँदनी नगरपालिका १ नम्बर वडा कार्यालयको बयलबन्द क्षेत्रमा तीन दिनदेखि किसानहरुले कुखुरा र कुखजुरान्य वस्तको पैठारी रोक्न रातभर पहरा दिएका हुन् ।

western public academy

चारा दाना संघ कञ्चनपुरका अध्यक्ष स्थानीय भरत भट्टले भारतमा बर्ड फ्लु संक्रमण देखिएपछि नेपाल भित्रिन नदिन सीमा नाकामा रातभर पहरा बस्न थालेको बताए ।

‘बर्ड फ्लु संंक्रमण रोक्न रातभरि बसि रहेका छौ, भारतबाट आउने कुखुरा र कुखुराजन्य पदार्थ भित्रिन नदिन भनेर बसेका छौ, त्यसबाट बर्ड फ्लु आएपछि सबैभन्दा बढी नोक्सान हामीलाई नै हुन्छ’ उनले भने ।

अध्यक्ष भट्टका अनुसार साँझ ८ बजदेखि विहान ८ बजेसम्म दैनिक ३०–३५ जना किसानले बयलबन्ध क्षेत्रमा रातभरि पहरा दिने गरेका छन् ।

दोधारा चाँदनी नगरपालिका सहित भारतसित जोडिएको खुला सीमा क्षेत्रबाट अवैध रुपमा कुखुरा र कुखुराजन्य पदार्थको पैठारी हुने गरेको अध्यक्ष भट्टले बताए ।

‘ब्रह्मदेबदेखि डोके बजारसम्मको सीमा क्षेत्र खुला, छेउछाउका बोर्डरबाट फाटुफट रुपमा चल्ला र ठूलो कुखुरा भित्रिने गरेको छ’ अध्यक्ष भट्टले भने,‘कडा चेकजाँच गरिनु पथ्र्यो, त्यसो हुन सकेको छैन ।’

भारतीय सीमावर्ती क्षेत्रबाट टोकरी, साइकल र मोटरसाइकलमा कुखुराका चल्ला र ठूलो कुखुरा भित्रिने गरिएको अध्यक्ष भट्टले बताए । भारतीय क्षेत्रबाट टोकरीमा सबैभन्दा बढी कुखुराका चल्ला आउने गरेका छन् ।

dirhayu

किसानहरुले तीन दिनमा भारतबाट आएका कुखुरा र चल्लाहरु नियन्त्रणमा लिएर सशस्त्र प्रहरीको बोर्डर आउट पोष्टलाई समेत बुझाएका छन् । केहीलाई सम्झाएर फिर्ता गरि दिएका छन् ।

रातभर पहरामा बसेका किसानले अपेक्षित साथ समर्थन नपाएको गुनासो गरेका छन् । ‘भारतीय सीमावर्ती क्षेत्रमा यो संक्रमण देखि सकेको छ, हामीले नियन्त्रण गर्न सकेनौ भने संक्रमण भित्रिने सम्भावना धेरै छ’ अध्यक्ष भट्टले भने,‘हामीले यसमा सोच अनुसारको साथ र समर्थन पाउन सकेका छैनौ ।’

भारतको उद्यमसिम नगर र बागेश्वरमा बर्ड फ्लु पुष्टि भएको समाचार आएपछि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरले भारतीय सीमावर्ती क्षेत्रबाट कुखुृरा तथा कुखुराजन्य पदार्थ पैठारीमा सचेतना अपनाउन आग्रह गरेको छ ।

केन्द्रका प्रमुख पशु चिकित्सक निर्देशक श्याम सिह खड्काले भारतको उद्यम सिह नगरमा बर्ड फ्लु पुष्टि भएको समाचार आएपछि सीमा क्षेत्रमा उच्च सतर्कता अपनाएको जानकारी दिए ।

‘केही दिन अघि भारतको उद्यमसिम नगर र बागेश्वरमा बर्ड फ्लु पुष्टि भएको समाचार अमर उजाला दैनिकमा आएको छ, यो समाचारलाई आधार बनाएर अहिले सीमावर्ती क्षेत्र र कुखुरा किसानलाई सतर्कताका लागि आग्रह गरि रहेका छौ’ उनले भने ।

उद्यमसिह नगर सीमावर्ती क्षेत्र भएकाले सतर्कता अपनाउन नसकिए बर्ड फ्लु संक्रकण भित्रिन सक्ने चिन्ता खडकाले गरे । ‘सीमा क्षेत्र नजिक छ, त्यसैले यो अति नै संवेदशिल छ, जुनसुकै बेला पनि आउन सक्छ, त्यसैले सबैले संवेदनशिल बन्न आवश्यक छ’ उनले भने ।

कार्यालय प्रमुख खड्का अनुसार संक्रमित कुखुरा, कुखुराले खाना खाना, खुवाउने भाँडाकुँडा, बसाइसराई गर्ने चराचुरुङ्गीबाट बर्ड फ्लु आउन सक्ने उच्च जोखिम भएको बताए ।

‘बसाई सराई गर्ने चराचुरुङ्गीबाट समेत आएर ठूलो क्षति हुन सक्छ, यसका लागि सचेतना अपनाएर मात्रै न्यूनीकरण गर्न सकिन्छ’ उनले भने ।

कार्यालयले सीमावर्ती क्षेत्रबाट कुखुरा सहित कुखुराजन्य पदार्थ लगायतका सबै ओसारपासरमा नियन्त्रणका लागि सबैलाई आग्रह गरेको उनले बताए । ‘त्यसका लागि हामीले जनचेतना फैलाउने कार्य गरि रहेका छौ’ कार्यालय प्रमुख खड्काले भने ।

कञ्चनपुरको ब्रह्मदेबदेखि डोकेबजार सम्म भारतसित खुला सीमा छ । विज्ञ केन्द्रले प्रशासन कार्यालयसित पनि नियन्त्रणका लागि समन्वय गरेको छ । आज केही समयपछि प्रमुख जिल्ला अधिकारी नेतृत्वको बर्ड फ्लु नियन्त्रण समितिको बैठक बस्न लागेको छ ।

Himal dental
सम्बन्धित
Loading...