ghar sansar

कृष्णपुरको १ नम्बर वडामा उपद्रो मच्चाउँदै हात्तीको बथान

khasi

महेन्द्रनगर । कृष्णपुर नगरपालिका १ नम्बर वडामा हात्तीको बथान वस्तीमा पसेर क्षति पुगाएको छ । हात्तीको बथानले स्थानीयका घर भत्काएका छन् । घरभित्रका खाद्यान्नमा क्षति गरेको छ ।

ऐश्वर्य सामुदायिक वनमा अम्रेसो र नेपियर घाँस कुल्चिएको छ । स्थानीयको धानबाली क्षति पुगाएको छ । भदौ ४ गतेदेखि ३० देखि ३५ को संख्यामा हात्तीको बथान वस्तीमा पसेको छ ।

western public academy

dirhayu

कालीगा टोलमा मनसरा देवी साउदको घरको पाली भत्काईएको छ । शान्ति टोलका चन्द्र बहादुर थापा मगरको घरको पाली भत्काएको र पुतलीबजार गणेशप्रसाद भाटको घर भत्काएको स्थानीयले बताएका छन् ।

हात्तीले घरभित्रका धुलो चामल नुन तेल आदि खाद्यान्न नष्ट गरेको स्थानीय अम्बादत्त जोशीले बताए ।

हात्तीका बथानमा छावाहरु समेत छन् । छावा सहित साँझ ५ बजेपछि हात्तीको बथान वस्तीमा आउने गरेको छ । दिनभरि हात्तीको बथान जंगलमा हुने स्थानीय बताउँछन् ।

 

Himal dental
सम्बन्धित
Loading...