

महेन्द्रनगर । नगर दलित समन्वय समिति दोधारा चाँदनीले वडा नं. ३ का भुपेन्द्र दमाईमाथि जातीय विभेद गर्दै सार्वजनिक स्थानमा बेइज्जत गर्ने कविता चन्दलाई कारवाहीको माग गरेको छ ।
समितिका अध्यक्ष टिकाराम सार्की, सचिव शोभा कुमारी सुनार र कोषाध्यक्ष कमल सुनारले विज्ञप्ति सार्वजनिक गरी जातीय विभेद गर्ने चन्दलाई पक्राउ गरी कारवाही गर्न माग गरेका छन् ।


दोधारा चाँदनी नगरपालिका ३ दमाईमाथि भदौ ५ गते साँझ सोही ठाउँकी २३ वर्षिय चन्दले सार्वजनिक चौारामा जातीय विभेद गर्दै अपमान पूर्ण प्रयोग गरेकी थिइन् । विज्ञप्तिमा चन्दले भन्न र लेख्न समेत नसकिने शब्द प्रयोग गरेको उल्लेख गरिएको छ ।
चन्दले दमाईलाई डुम, ढोली लगायतका शब्दहरु प्रयोग गरी गालीगलौज गरी जातीय विभेद गरिएको उल्लेख छ । चन्दले दमाईसित समान्य विवादमा जातीय विभेद गर्दैै अपमानित शब्द प्रयोग गरेकी छन् ।
ेचन्द विरुद्ध दमाइले इलाका प्रहरी कार्यालयमा जाहेरी छन् । जोहरीमा उनलाई जातीय विभेद छुवाछुत कसुर र सजाय ऐन अनुसार पक्राउ गरी कारवाही गर्न माग गरिएको छ ।जातीय विभेदको मुद्दा सरकारवादी मुद्दा हो ।

