

महेन्द्रनगर । रेडियन्ट माद्यमिक विद्यालयमा रुपान्तरण ई–लर्निङ प्लेटफर्म कार्यक्रम सञ्चालन गरिएको छ । युनिसेफ, युएनएफपिए र नेपाल सरकारको सहकार्यमा विकास गरिएको रुपान्तरण ई–लर्निङ कार्यक्रमको बारेमा जानकारी दिनका लागि विद्यालयमा आयोजना गरिएको छ ।
जीवनोपयोगी शिक्षा मार्फत किशोर किशोरीहरुलाई सशक्त बनाउने सञ्चाालन गरिएको कार्यक्रममा प्रदेश सहजकर्ता मनिषा पालले विद्यार्थीहरुलाई प्रशिक्षण दिइन् ।



विद्यालयमा अध्ययनरत कक्षा ६ देखि कक्षा १० सम्मका विद्यार्थीहरु सहभागी रहेको उक्त कार्यक्रममा सो प्लेटफर्म मार्फत किशोर किशोरीहरुले जीवनोपयोगी शिक्षा लिन सक्ने र ईन्टरनेटको माध्यम मार्फत सो कोर्ष पूरा गरेपछि विद्यार्थीहरुलाई प्रमाणपत्र प्रदान गरिने सहजकर्ता मनिषा पालले बताइन् ।
कार्यक्रममा विद्यालयका प्रिन्सिपल सूर्य बहादुर चन्दले विद्यालयमा आयोजना हुने यस प्रकारका कार्यक्रमहरुले विद्यार्थीहरुलाई बिभिन्न जीवन उपयोगी सीप सिक्न सहज हुने र किशोर किशोरीहरुमा आउने चुनौतीहरु सामना गर्न मद्दत पुग्ने हुँदा रुपान्तरण ई–लर्निङ कार्यक्रम हरेक किशोर किशोरीहरुको लागि आवश्यक रहेको बताए ।
