ghar sansar

विद्यालय शिक्षा विधेयक विरुद्ध आन्दोलन : प्रशासनको प्रवेशद्वारबाटै दिए विद्यालय बन्दको चेतावनी, सहायक सिडिओलाई बुझाइयो ज्ञापन

khasi

महेन्द्रनगर । शिक्षा विधेयकमा समावेश केही प्रावधानलाई लिएर आन्दोलित निजी विद्यालयका संगठनले प्रशासन कार्यालमा पुगेर विद्यालय बन्द गर्ने चेतावनी दिएका छन् ।

निजी विद्यालयका संगठन प्याब्सन, एन प्याब्सन, हिसान र अपेनले बिहीबार जिल्ला प्रशासन कार्यालयको प्रवेश प्रवेशद्वारमा कोण सभा गरी शिक्षा विधेयकका गैर नाफा मुलक बनाउनु पर्ने लगायतका माग हटाउनु पर्ने माग राखेका छन् ।

western public academy

प्रशासन कार्यालयको प्रवेशद्वारमा कोण सभा गरी सहायक प्रमुख जिल्ला अधिकारी मोहन चन्द्र जोशीलाई माग पत्र बुझाएका छन् ।

सहायक प्रमुख जिल्ला अधिकारीलाई उनको कार्यकक्षमा मागपत्र बुझाईएको हो । जोशीले मागपत्र बुझेर माथिल्लो निकायलाई पठाउने बताए ।

प्रशासन कार्यालयको प्रवेशद्वारमा गरिएको कोण सभालाई हिसान कञ्चनपुरका अध्यक्ष श्याम सिह मौनी, एन प्याब्सन कञ्चनपुरका अध्यक्ष सत्येश बहादुर चन्द र प्याब्सन कञ्चनपुरका अध्यक्ष महादेब प्रसाद भट्टले सम्बोधन गरे ।

dirhayu

सम्बोधनमा उनीहरुले कम्पनीमा दर्ता व्यवसायलाई गैर नाफा मुलक बनाउनु पर्ने प्रावधान लाजमर्दो भएकाले खारेज हुनु पर्नेमा जोड दिए ।

कोण सभामा सम्बोधनपछि सहायक प्रमुख जिल्ला अधिकारीलाई माग र आन्दोलनका कार्यक्रम सहित माग पत्र बुझाइएको हो ।

हिसान अध्यक्ष मौनी, प्याब्सन अध्यक्ष भट्ट, एन प्याब्सन अध्यक्ष चन्द, एन प्याब्सन सुदूरपश्चिम अध्यक्ष बीर बहादुर चन्द लगायतले सहायक प्रमुख जिल्ला अधिकारी जोशीलाई माग पत्र हस्तान्तरण गरे ।

स्मारक क्षेत्रमा भेला भएर उनीहरु ब्यानर सहित प्रशासन कार्यालय पुगेका हुन् । कोण सभामा सहभागी विद्यालय सञ्चालकहरुले छातीमा प्लेकार्ड लगाएका छन् ।

संघीय संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट विधेयके पारित भएर प्रतिनिधि सभामा पुगेको छ । निजी विद्यालयले समितिबाट विधेयक पारित हुन अघि साउन २९ गतेदेखि देशभर आन्दोलन थालेका हुन् ।

विद्यालयलाई गैर नाफा मुलक बनाउने, पूर्ण छात्रवृत्ति दिनु पर्ने, पोशाक, पाठ्यपुस्तक शैक्षिक सामाग्री, यातायात, खानाखाजा र अन्य सुविधा दिलाउनु पर्ने लगायतका प्रावधान खारेजी हुनु पर्ने माग गर्दै आन्दोलन थालिएको छ ।

 

Himal dental
सम्बन्धित
Loading...