

महेन्द्रनगर । पुनर्वासमा वर्डफ्लु रोग नियन्त्रण र प्रतिबन्ध सम्बन्धी सचेतना कार्यक्रम गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र कञ्चनपुरको आयोजनामा सो कार्यक्रम भएको हो ।
सचेतना कार्यक्रममा पुनर्वास नगरपालिकाको नगर उपप्रमुख भुलीया कुमारी रानाले आयोजक प्रति कृतज्ञता ब्यक्त गरिन् ।

उनले बर्डफ्लु रोग नियन्त्रण र प्रतिबन्धका लागि पालिकाबाट गर्नुपर्ने सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नुभयो । पुनर्वास खुल्ला सीमा क्षेत्र भएकाले पनी भारतीय बजार जाने नागरीकहरुलाई ड्यिुटी पोष्ट बाट नै जानकारी दिन सशस्त्र प्रहरीलाई आग्रह समेत गरे ।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले वर्डफ्लु नियन्त्रणका लागि खुल्ला सिमानाकामा कडाईका साथ उच्च सुरक्षा शर्तकता अपनाउन निर्देशन दिए । पशुपन्छिमा लाग्ने रोगलाई भारतिय सिमाबाट नेपाल भित्रन नदिन आफ्नो अध्यक्षतामा सोमबार नै बैठक बसेर अहिले पालीका स्तरमा सचेतना अभिबृद्धी र वर्डफ्लु बारे जानकार िगराइरहेको बताए ।
यस्तै कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी कञ्चनपुरका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक लोकेन्द्रदेब भट्टले समुदाय स्तरबाट पनी साथ र सहयोगको खाँचो रहेको बताए ।
खुल्ला सिमा क्षेत्रबाट एक पिस कुखुरा भित्र्न नदीन आफु मातहतको युनिटलाई निर्देशन दिए । कुखुरा र माशुजन्य पदार्थ नेपाल भित्रियो भन्ने गुनासो आउँछ सो क्षेत्रको बिओपी प्रमुखहरुले स्पष्टीकरण दिनुपर्ने बताए ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख खड्क बहादुर खत्रीले बर्डफ्लु रोगले जिल्ला नै जोखीममा पर्न सक्ने बताउदै सबैले सजग हुनुपर्ने बताए । सिमा क्षेत्रमा सशसस्त्र प्रहरी, बिओपीहरुले काम गर्ने बताउँदै सीमा क्षेत्र भन्दामाथिको अवस्थामा नेपाल प्रहरी, इप्रका, प्रहरी पोष्टहरुले निगरानी बढाउनु पर्नेमा जोड दिए ।

सचेतना कार्यक्रममा बोल्दै पशु क्वारेन्टाइन कार्यालय गड्डाचौकीका पशु स्वास्थ्य प्राविधिक ध्यानाकर्षण अधिकारीले पछिल्लो समय छिमेकी राष्ट्र भारतमा बर्डफ्लु रोग फैलिएको बताए ।
कैलाली कञ्चनपुर जिल्लाबाट नजिकको क्षेत्रमा समेत बर्डफ्लु रोग पुष्टि भैसकेको बताउँदै सबैलाई समयमै सजकता अपनाउन उनले आग्रह गरे ।
कार्यक्रममा भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र कञ्चनपुरका प्रमुख पशु विकास निर्देशक श्याम सिंह खडकाले बर्डफ्लु रोगलाई सामान्य रोग नसोच्न आग्रह गरे ।
खुल्ला सिमा क्षेत्र भएकाले भारतबाट जुनसुकै समयमा पनी रोग भित्रिन सक्ने बताउदै अहिलेबाट नै पूर्ण रोकथाममा लाग्न आवश्यक रहेको बताए ।
सिमावर्ती भारतको उत्तराखण्डमा बर्डफ्लुको संक्रमण देखा परेपछि कञ्चनपुरका सिमावर्ती स्थानमा कञ्चनपुर प्रशासनले उच्च सतर्कता अपनाउने निर्णय गरेको छ । कार्यक्रममा सहभागीहरुले समेत कुखुरा नियन्त्रणमा सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे ।
उनीहरुले पालिकाको अनुगमन समितिले बजार भित्रको माशु कटिङ्ग हुने पसलमा निगरानी र अनुगमन गर्न आवश्यक रहेको बताए ।
प्रमुख जिल्ला अधिकारी नेतृत्वको बर्ड फ्लु नियन्त्रण समितिको बैठकले भारतबाट बर्ड बर्ड फ्लु भित्रिन दिन सीमा क्षेत्रमा कुखुरा तथा कुखुराजन्य पदार्थको आयातमा पूर्ण प्रतिबन्ध लगाउने, भारतीय सीमासित जोडिएका पालिका र वडाहरुमा सचेतना मुलक कार्यक्रम गर्ने निर्णय गरेको थियो ।
भीमदत्त नगरपालिका ९ र १० र दोधारा चाँदनी नगरपालिकाका कार्यक्रम गरी शुक्रबार पुनर्वासमा गरिएको छ ।
