ghar sansar

बर्ड फ्लु भित्रिन नदिन सुदूरपश्चिम भरि सतर्कता

little buddha academy
khasi

महेन्द्रनगर । भारतीय सीमावर्ती सहरमा बर्ड फ्लु महामारी संक्रमण देखिएपछि सुदूरपश्चिमभरि उच्च सतर्कता अपनाइएको छ । कञ्चनपुमार भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले सीमावर्ती क्षेत्रमा कुखरा पालक किसान सहित सरोकारवालासित सचेतना मुलक कार्यक्रम थालेको छ ।

पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय दिपायलका निर्देशक डा. पान सिह ठगुन्नाले भारतमा संक्रमण देखिएपछि सुदूरपश्चिमका सबै जिल्लामा सतर्कता अपनाइएको बताए ।

,orning glory badhai

संक्रमण भित्रिन नदिन सीमावर्ती क्षेत्रका सचेतता मुलक कार्यक्रम र अन्य जिल्लामा सतर्कताका लागि आग्रह गरिएको डा. ठगुन्नाले बताए ।

भारतको सीमावर्ती सहर उद्यमसिह नगर र बागेश्वर जिल्लामा केही दिन अघि बर्ड फ्लु महामारी पुष्टि भएको समाचार आएका थिए । त्यसपछि निर्देशनालयले बर्ड फ्लुभित्र नदिन सतर्कता अपनाउनका लागि सबै जिल्लामा जानकारी गराएको थियो ।

कञ्चनपुरमा बर्ड फ्लु नियन्त्रणका लागि औपचारिक रुपमा सचेचना मुलक कार्यक्रम थालिएका छन् । कैलाली भेटरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले सचेताना मुलक कार्यक्रम गर्ने तयारी थालेको छ ।

भारतसित सीमा जोडिएका कैलाली , कञ्चनपुर सहित बैतडी, डडेल्धुरा र दार्चुलामा उच्च सुरक्षा सतर्कता अपनाइएको बताइएको छ ।

dirghayi clinic

कञ्चनपुरमा भारतबाट कुखुरा तथा कुखुराजन्य पदार्थ आयातमा पूर्ण प्रतिवन्ध लगाइएको छ ।

प्रमुख जिल्ला अधिकारी नेतृत्वको बर्ड फ्लु नियन्त्रण समितिले केही दिन अघि बैठक गरी प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

भेटेरिनरी तथा पशु सेवा विज्ञ केन्द्रको सचेतान मुलक कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सहित जिल्लास्थित सुरक्षा निकायका प्रमुख आफंै सहभागी भएर बर्ड फ्लु नियन्त्रणका लागि आग्रह गरि रहेका छन् ।

प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल, प्रहरी उपरीक्षक खडक बहादुर खत्री, सशस्त्र प्रहरी उपरीक्षक लोकेन्द्र भट्ट कार्यक्रममा सहभागी भएका छन् ।

प्रमुख जिल्ला अधिकारी ढकालले ती कार्यक्रममा बर्डफ्लु नियन्त्रणका लागि खुल्ला सीमा नाकामा कडाईका साथ उच्च सुरक्षा सर्तकता अपनाउन निर्देशन दिएका छन् ।

कैलाली कञ्चनपुर जिल्लाबाट नजिकको क्षेत्रमा समेत बर्डफ्लु रोग पुष्टि भैसकेको बताउँदै सबैलाई समयमै सजकता अपनाउनु पर्ने भेटेरिनरी तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरका प्रमुख पशु विकास निर्देशक निर्देशक श्याम सिह खड्काले बताए ।

‘बर्डफ्लु रोगलाई सामान्य रोग सोच्न हुँदैन,खुल्ला सीमा क्षेत्र भएकाले भारतबाट जुनसुकै समयमा पनी रोग भित्रिन सक्छ’ उनले भने, ‘त्यसैले अहिलेबाट नै पूर्ण रोकथाममा लाग्न आवश्यक छ ।’

भारतमा बर्ड फ्लु देखिएका दोधारा चाँदनी १ नम्बरका किसानले भारतकाट आउने कुखुरा र कुखुराजन्य पदार्थको आयात रोक्न बयलबन्धनमा रातभर पहरा दिने गरेका छन् । सुदूरपश्चिममा डेढ दशक अघि कैलालीको टिकापुरमा बर्ड फ्लु महामारी देखिएको थियो ।

 

Himal dental
सम्बन्धित
Loading...