ghar sansar

सशस्त्र प्रहरीको बिओपीमा पनि पस्यो बाढी

little buddha academy
khasi

महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिकाका सशस्त्र प्रहरीका दुई बोर्डर आउट पोष्ट बिओपी डुबानमा परेका छन् । सशस्त्र प्रहरीको कञ्जभोज र सुन्दरनगरस्थित पोष्टमा जोगबुढा नदीको बाढी पसेको छ ।

कञ्चभोज पोष्ट ७ नम्बर र सुन्दरपुर १० नम्बर वडामा पर्छ । कञ्चोज पोष्टमा बाढी पसेर डुबान भएपछि सशस्त्र प्रहरी सुरक्षित स्थानमा गएर बसेका छन् ।

,orning glory badhai
dirghayi clinic

दोधारा चाँदनी नगरपालिका ७ का वडा अध्यक्ष ज्ञानेन्द्र बहेकले बाढीले सशस्त्र प्रहरीको पोष्ट डुबानमा परेको बताए ।

रामपुरे टापुे पारी कञ्जभोजमा सशस्त्र प्रहरीको पोष्ट छ । रामपुरे टापुस्थित बाँध भत्काएर जोगबुडामा बस्तीमा पसेको छ । जोगुबडा नदीको बाढी जर्का टोलमा पसेपछि अधिकाँश परिवार घर छाडेर सुरक्षित स्थानमा आएका छन् ।

तस्बिर : दोधारा चाँदनी खबर

 

Himal dental
सम्बन्धित
Loading...