

महेन्द्रनगर । निर्माण व्यवसायी संघ कञ्चनपुरको १५ औं निर्वाचनमा मतदान अन्तिमतिर पुगेको छ । संघको कार्यालयमा दिउँसादेखि मतदान सुरु भएको छ । मतदान समितिले ४ बजेसम्म मतदान अवधि तोकेकोमा आधा घण्टा थप गरिएको छ ।
संघमा २ सय ९४ मतदाता छन् । निर्वाचन समितिका अनुसार निर्धारित अवधिभित्र मतदान स्थल प्रवेश गर्ने सबैले मतदानमा सहभागी हुन पाउने छन् ।
संघको निर्वाचनमा निरञ्जन प्रसाद भट्ट र पुष्पराज अवस्थीका दुई प्यानल प्रतिस्र्धामा छन् ।
भट्ट प्यानलबाट वरिष्ठ उपाध्यक्ष देब बहादुर चन्द, उपाध्यक्ष दिपक भट्ट, महासचिव योगेन्द्र ठकुराठी, सचिव बृज चन्द, कोषाध्यक्ष तेज बहादुर चन्द र सह कोषाध्यक्ष हेम बहादुर महरा उम्मेदवार छन् ।

भट्ट प्यानलका सचिवका उम्मेदवार चन्द र कोषाध्यक्षका उम्मेदवार तेज बहादुर चन्द निर्विरोध भएका छन् ।
अवस्थी प्यालनका सचिवका उम्मेदवार गोरे सिह ऐर र कोषाध्यक्षका उम्मेदवार दिल बहादुर सिहले उम्मेदवारी फिर्ता लिएपछि उनीहरु निर्विरोध भएका हुन् ।
अवस्थी प्यानलबाट वरिष्ठ उपाध्यक्षमा अमर बहादुर बम, उपाध्यक्ष यज्ञराज बैज, महासचिव देबीदत्त भट्ट र सह कोषाध्यक्षमा चित्र बहादुर कार्की उम्मेदवार छन् । सात सदस्यका लागि १३ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।
संघको नेतृत्वका लागि भट्ट र अवस्थीबीच यस अघि १४ औं अधिवेशनमा पनि प्रतिस्पर्धा भएको थियो ।
निर्वाचन समितिले मतदान सकिएपछि मत गणना प्रक्रिया अघि बढाउने भएको छ । समितिका अनुसार आज राती नतिजा आउने छ ।

