ghar sansar

कञ्चनपुर निर्माण व्यवसायी संघ अध्यक्षमा पुष्पराज अवस्थी निर्वाचित

khasi

महेन्द्रनगर । निर्मााण व्यवसायी संघ कञ्चनपुरको अध्यक्षमा पुष्पराज अवस्थी निर्वाचित भएका छन् । संघको १५ औं अधिवेशनमा अध्यक्षका प्रतिद्वन्द्वी निरञ्जन प्रसाद भट्टलाई १७ मत अन्तरले पराजित गरी अवस्थी अध्यक्ष निर्वाचित भएका हुन् ।

निर्वाचन समितिले शनिबार राति अबेर घोषणा मत परिणाम अनुसार अध्यक्ष निर्वाचित अवस्थीले १ स ४९ मत ल्याएका छन् । उनका प्रतिद्वन्द्वी भट्टले १ सय ३२ मत ल्याएका छन् ।

western public academy

भट्ट संघका निवर्तमान अध्यक्ष हुन् । १४ औैं अधिवेशनमा भट्टले अवस्थीलाई ४६ मतले पराजित गरेका थिए ।

अवस्थीले १५ औं अधिवेशनमा भट्टलाई पराजित गरी हारको बदला लिएका छन् । संघको वरिष्ठ उपाध्यक्षमा देब बहादुर चन्द, उपाध्यक्ष यज्ञराज बैज, महासचिव देबीदत्त भट्ट र सह कोषाध्यक्षमा हेम बहादुर महरा निर्वाचित भएका छन् ।

dirhayu

वरिष्ठ उपाध्यक्ष चन्द र सह कोषाध्यक्ष महरा भट्ट प्यानलका हुन् । अवस्थी प्यानलबाट उपाध्यक्ष बैज र महासचिव भट्ट निर्वाचित भएका छन् । वरिष्ठ उपाध्यक्ष चन्दले अमर बहादुर बमलाई पराजित गरे ।

उपाध्यक्षमा बैजले दिपक भट्ट, महासचिव भट्टले योगेन्द्र ठकुराठी र कोषाध्यक्ष महराले पदम भट्ट र चित्र बहादुर कार्कीलाई पराजित गरेका छन् ।

उपाध्यक्ष पराजित भट्ट र महासचिवका उम्मेदवार ठकुराठी दुबै निर्वतमान समितिका पदाधिकारी हुन् । भट्ट कोषाध्यक्षमा उपाध्यक्ष चुनाव लडेका हुन् ।

संघको सचिवमा बृज बहादुर चन्द र कोषाध्यक्षमा तेज बहादुर चन्द निर्विरोध निर्वाचित भएका छन् ।

कोषाध्यक्ष चन्द १४ औं अधिवेशनमा दिपक भट्टसित पराजित भएका थिए । उनी १४ औं अधिवेशनमा अवस्थी प्यानलबाट चुनाव लडेका थिए ।

संघको २ सय ९४ सदस्यमध्ये २ सय ८१ जनाले चुनावमा मतदान गरेका थिए । निर्वाचनमा पदाधिकारी र सात सदस्यका लागि मतदान भएको थियो ।

Himal dental
सम्बन्धित
Loading...