ghar sansar

कञ्चनपुरमा आइतबारदेखि शिक्षण संस्थामा नियमित पठनपाठन

little buddha academy
khasi

महेन्द्रनगर । जेन जी आन्दोलपछि बन्द शिक्षण संस्थाहरु आइतबारदेखि सञ्चालन हुने भएका छन् । 

निजी विद्यालयका संगठन प्याब्सन र एन प्याब्सनले शनिबार संयुक्त विज्ञप्ति जारी गरी आइतबारदेखि नियमति पठनपाठन हुने जानकारी गराएका छन् ।

,orning glory badhai
dirghayi clinic

भदौ २३ र २४ गते जेन जी आन्दोलनपछि सबै शिक्षण संस्थाहरु अनिश्चितकालका लागि बन्द गरिएका थिए ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको सूचना र कञ्चनपुर प्रहरी प्रमुखसित छलफलपछि शिक्षण संस्था पठनपाठन नियमित गर्न लागिएको प्याब्सन एन प्याब्सनको संयुक्त विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्याब्सन कञ्चनपुरका अध्यक्ष महादेब प्रसाद भट्ट र एन प्याब्सन कञ्चनपुरका अध्यक्ष सत्येश बहादुर चन्दले जारी विज्ञप्तिमा जेन जी आन्दोलनमा मृत्यु भएका सबैमा श्रद्धाञ्जली अर्पण गरी परिवारमा समवेदना व्यक्त गरिएको छ ।

Himal dental
सम्बन्धित
Loading...