ghar sansar

बेदकोटका धानुक मृत्यु प्रकरणमा आत्महत्या दुरुत्साहनमा जाहेरी, चार जना पक्राउ

little buddha academy
khasi

महेन्द्रनगर । फेसबुकमा लाइभ गरी घरभित्रै झुण्डिएर आत्महत्या गरेका बेदकोट नगरपालिका ४ बैतडाका २७ बर्षिया नरेश धानुक मृत्यु प्रकरणमा चार जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले मृतक धानुक परिवारले दिएको आत्महत्या दुरुत्साहन सम्बन्धि जाहेरीका आधारमा अमर बोहरा, भोजराज पन्त, खेम बोहरा, जनक धानुकलाई पक्राउ गरेको हो ।

,orning glory badhai
dirghayi clinic

शुक्रबार धानुकले उनीहरुले आफुलाई नाङगै बनाएर कुटपिट गरेपछि झुण्डिन बाध्य भएको भन्दै फेसबुक लाइभ गरी आत्महत्या गरेका थिए । प्रहरीले पक्राउ गरेकामध्ये बोहरा बेदकोट नगरपालिका ४ का वडा सदस्य हुन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले धानुक परिवारको किटानी चाहेरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए ।

मृतक धानुककी दिदी हिराले टिकटकबाट भाईले बाध्य भएर आत्महत्या गरेको भन्दै किटानी जाहेरी दिने बताएकी थिइन् ।

Himal dental
सम्बन्धित
Loading...