ghar sansar

बेलौरीमा देखिन थाल्यो जेन जीको बल

little buddha academy
khasi

महेन्द्रनगर । बेलौरी नगरपालिकामा जेन जी युवाले उप मेयर जोगराम चौधरी तथा निमित्त प्रमुख प्रशासकीय अधिकृत झपिराज ओझा ध्यानाकर्षण पत्र बुझाएपछि बजार क्षेत्रमा अलपत्र सडक मर्मत गर्न थालिएको छ ।

नगरपालिकाले बजार क्षेत्रभित्र अलपत्र अवस्थामा रहेका सडकको मर्मत कार्य सुरु गरेको छ भने भोलिदेखि हाइवे सडकहरुको मर्मत कार्य समेत थाल्ने तयारी गरेको जनाएको छ ।

,orning glory badhai
dirghayi clinic

सरसफाईमा देखिएको कमजोरी पनि अब नदोहरिने नगरपालिकाले जनाएको छ । सरसफाई कर्मचारीहरूले तोकिएको समयमा नियमित काम पूरा गर्ने व्यवस्था मिलाइएको छ ।

करार कर्मचारी भर्तीमा उठेको प्रश्नलाई लिएर नगरपालिकाले भोलि विशेष रूपमा प्रतिक्रिया दिने र सबै आरोपलाई खण्डन गर्दै स्पष्ट पार्ने तयारी गरेको बताइएको छ ।

जेन जी बेलौरीका अगुवा तथा कञ्चनपुर क्षेत्र नम्बर १ का राष्ट्रिय युवा सांसद बिष्णुदत्त अवस्थीले जनताको आवाज अब बेवास्ता गर्न नसकिने बताउँदै भने, “पत्र बुझेर काम टार्ने दिन सकिएका छन्, अब यो पालिका जनताको हो, कुनै नेताको होइन ।”

Himal dental
सम्बन्धित
Loading...