

महेन्द्रनगर । विद्युत तार सर्ट भएर आगलागी भएको छ । लालझाडी गाउँपालिका ३ डुङ्गाका शंकर सिह खत्रीको एक तले चार कोठे कच्ची गोठमा बिद्युतको तार सट भएर आगलागी भएको छ ।

आगलागीबाट गोठ भित्र रहेका खाद्यान्न, ट्राली, भुसा लगायतका सामान गरी अन्दाजी पाँच लाख ५० हजार मूल्यको धनमाल जलेर नष्ट भएको भएको छ ।

यसैगरी अगलागीबाट पाँच बाख्रा, एक भैँसी र एक वटा भैँसीको पाडो जलेर घाईते भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ ।

