ghar sansar

संविधान दिवसमा भीमदत्त १७ नम्बर वडाका सडकका घुम्तीमा ऐना जडान

little buddha academy
khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका वडा नं. १७ का सडकमा कन्भ्याक्स मिरर (ऐना) जडान गरिएका छन् । संविधान दिवसको अवसर पारी शुक्रबार वडाभित्र सडकका विभिन्न घुम्तीमा ऐना जडान गरिएका छन् ।

,orning glory badhai
dirghayi clinic

भीनपा १७ का वडा अध्यक्ष पदम सिह बुडाले सवारी दुर्घटना रोक्न कन्भ्याक्स मिरर जडान गरिएको जानकारी दिए । ‘सडकका घुम्तीमा दुर्घटनाको निकै जोखिम छ, जति बेला नि हुन सक्छ, स्थानीयले दुर्घटना रोक्न माग गर्दै आउनु भएको छ’ वडा अध्यक्ष बुडाले भने,‘अब यसबाट दुर्घटना जोखिम कम हुन्छ ।’

वडा अध्यक्ष बुडा सहित जनप्रतिनिधि, कर्मचारी, वडाका अगुवा ऐना जडान कार्यक्रममा सहभागी भएका छन् । संविधान दिवसको अवसर पारी शुक्रबार विहान ऐना जडान कार्यक्रम गरिएको छ ।

     

Himal dental
सम्बन्धित
Loading...