ghar sansar

लिटिल बुद्धमा अन्तर पालिका हाजिरी जवाफ प्रतियोगिता समापन

little buddha academy
khasi

महेन्द्रनगर । शिक्षा विकास तथा समन्वय इकाई कञ्चनपुरले राष्ट्रिय शिक्षा दिवस २०८२ को अवसरमा अन्तर पालिका स्तरीय हाजिरी जवाफ प्रतियोगिता समापन गरेको छ । आइतबार लिटिल बुद्ध एकेडमीमा समापन कार्यक्रम गरिएको छ ।

कार्यक्रमको अध्यक्षता शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख लक्ष्मण गिरीले गरे । कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख दुर्गादत्त बोहरा प्रमुख अतिथि थिए ।

,orning glory badhai
dirghayi clinic

कार्यक्रममा समन्वय इकाईका शाखा अधिकृत तथा प्रतियोगिता आयोजक समितिका संयोजक दशरथ भट्टले कार्यक्रम सञ्चानलन गरे ।

कार्यक्रममा जिल्लाका सबै ९ ओटै पालिकाका शिक्षा युवा तथा खेलकुद शाखाका शिक्षा अधिकृत, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक कर्मचारी, शिक्षक ट्रेडका पदाधिकारी, प्रिन्सिपल एशोसियशन अफ नेपालका अध्यक्ष लगायत सहभागी भएका छन् ।

कार्यक्रममा एन प्याब्सन वरिष्ठ उपाध्यक्ष तथा लिटिल बुद्ध एकेडेमीका प्रिन्सिपल श्याम सिह मौनीले स्वागत मन्तव्य राखे ।

कार्यक्रममा हाजिरी जवाफ प्रतियोष्तिामा विजेता विद्यार्थी पुरस्कार प्रदान गरिएको छ ।

Himal dental
सम्बन्धित
Loading...