

महेन्द्रनगर । निर्माण व्यवसायी संघ कञ्चनपुरको १५ औै अधिवेशनबाट निर्वाचित कार्य समितिको सोमबार शपथ ग्रहण तथा पदभार ग्रहण गरिएको छ । भदौ २१ गते संघको १५औँ अधिवेशनबाट पुष्पराज अवस्थीको नेतृत्वमा नयाँ समिति निर्वाचित भएको थियो ।
संघको सभा कक्षमा सोमबार निर्वाचन समितिका प्रमुख पदमराज भट्टले अध्यक्ष अवस्थी र त्यसपछि अवस्थीले समितिका अन्य पदाधिकारी र सदस्यलाई पद तथा गोपनियताको शपथ खुवाए ।

नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष प्रकाश सेठीको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको छ । पद तथा गोपनियताको शपथपछि निवर्तमान अध्यक्ष निरञ्जन प्रसाद भट्टले नव निर्वाचित अध्यक्ष अवस्थीलाई संघको रजिष्ट्रर प्रदान गरी पदभार हस्तान्तरण गरे ।
कार्यक्रममा समितिका अध्यक्ष अवस्थी सहित सबै निर्वाचित पदाधिकारी र सदस्यलाई प्रमाण पत्र वितरण गरिएको छ । कार्यक्रममा प्रमुख अतिथि सेठी, सुदूरपश्चिम निर्माण व्यवसायी संघका अध्यक्ष लक्ष्मण स्वाँर, संघका निवर्तमान अध्यक्ष भट्ट, नव निर्वाचित अध्यक्ष अवस्थी, निर्वाचन समितिका अधिकृत पदमराज भट्टले शुभ कामना मन्तव्य राखे ।
संघका निर्वतमान अध्यक्ष भट्टले आफ्नो कार्यकालमा व्यबसायीकोे हकहितका लागि गरएिका कामलाई नयाँ समितिले निरन्तरता दिने आशा व्यक्तगर्दै शुभकामना व्यक्त गरे । उनले अग्रजहरुको सम्मान गर्न नविर्सन नयाँ कार्यसमितिलाई सल्लाह दिए ।
यसैगरी अध्यक्ष अवस्थीले व्यवासयिक हक अधिकारका लागि सक्रिय भएर लाग्ने बताए ।
