

महेन्द्रनगर । विजया दशमीको पहिलो दिन घटस्थापनाको अवसर पारेर सोमबार महेन्द्रनगरमा रहेको रेडियन्ट माध्यमिक विद्यालयमा विभिन्न कार्यक्रम गरेर मनाईएको छ ।
सो अवसरमा जमरा राख्नुका साथै जमरा राख्ने विधिको बारेमा प्रयोगात्मक रुपमा विद्यार्थीलाई जानकारी गराईएको प्रधानाध्यापक सुर्य बहादुर चन्दले बताए ।

घटस्थापनाको अवसरमा शिक्षक शिक्षिका तथा विद्यार्थीबिच एकआपसमा शुभकामना आदान प्रदान गर्नुका साथै लक्की ड्र मार्फत विद्यार्थीहरुलाई विभिन्न उपहारहरु समेत प्रदान गरिएको छ । लक्की ड्र कार्यक्रममा कक्षा नर्सरी देखि कक्षा १० सम्मका २ सय ६५ जना विद्यार्थी सहभागी भए ।
लक्की ड्र मार्फत विद्यार्थीहरुलाई कापी, किताब, पेन्सिल, झोला, बेल्ट, जेमेट्री बक्स, इरेजर, कलर लगाएतका सामाग्रीहरु प्रदान गरिएको छ ।
कार्यक्रममा शिक्षिका जगदेश्वरी पन्तले विद्यार्थीहरुलाई विजया दशमी र घटस्थापनाको बारेमा जानकारी गराइन् । विद्यालयका प्रधानाध्यापक चन्दले नेपालीहरुको महान चाड विजया दशमीको बारेमा विद्यार्थीलाई जानकारी दिनको लागि र आफ्नो मौलिक चाड पर्व तथा संस्कृतिको बारेमा ज्ञान प्रदान गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताए ।
