ghar sansar

पदभार ग्रहण गर्दै कञ्चनपुर निर्माण व्यवसायी संघका अध्यक्ष अवस्थीले के भने

dirghayu ad
janjyoti campus

महेन्द्रनगर । निर्माण व्यवसायी संघ कञ्चनपुरको १५ औै अधिवेशनबाट निर्वाचित अध्यक्ष पुष्पराज अवस्थीले सोमबार पदभार ग्रहण गरेका छन् ।

संघको सभा कक्षमा प्रमुख निर्वाचन अधिकृत पदमराज भट्टले अवस्थीलाई पद तथा गोपनियताको शपथ खुवाए । त्यसपछि अध्यक्ष अवस्थीले समितिका पदाधिकारी र सदस्यलाई शपथ ग्रहण गराए ।

western public academy

शपथ ग्रहणपछि निवर्तमान अध्यक्ष निरञ्जन प्रसाद भट्टले अवस्थीलाई रजिष्ट्रर प्रदान गरी पदभार हस्तान्तरण गरे । पदभार हस्तान्तरण दुबै जनाले फोटो खिचाए ।

संघको १५ औं अधिवेशनमा नितर्वमान अध्यक्ष भट्टलाई पराजित गरी अवस्थी अध्यक्ष भएका हुन् । तीन वर्ष अघि अवस्थीलाई पराजित गरी भट्ट अध्यक्ष निर्वाचित भएका थिए ।

१३ औं अधिवेशनमा भट्ट वरिष्ठ उपाध्यक्ष हुँदा अवस्थी उपाध्यक्ष थिए । १४ औं दुबै जना नेतृत्वका लागि प्रतिस्पर्धी भएका हुन् ।

पदभार ग्रहणपछि अवस्थीको अध्यक्षतामा कार्यक्रम गरियो । नव निर्वाचित महासचिव देबीदत्त भट्टले कार्यक्रम सञ्चालन गरे । कार्यक्रममा प्रमुख अतिथि नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष प्रकाश सेठी, सुदूरपश्चिम निर्माण व्यवसायी संघका अध्यक्ष लक्ष्मण स्वाँर, निर्वाचन अधिकृत पदमराज भट्टले शुभ कामना मन्तव्य राखे ।

संघका अध्यक्ष अवस्थीले कार्यक्रम समापन गरे । अध्यक्ष अवस्थीले आफूलाई निर्वाचनमा मतदान गरी निर्वाचित गराउने संघका सदस्यहरु सबैलाई धन्यवाद दिए ।

संघको १४ र्औं कार्य समितिले गरेका निर्णय र कार्यलाई निरन्तरता दिने अध्यक्ष अवस्थीले बताए ।

‘संघको १४ औं कार्य समितिले गरेका निर्णय र कार्य , जस्तो निवर्तमान अध्यक्षज्यूले भन्नु भयो, वहाँको साथ र सहयोग लिएर अघि बढ्नेछु’ अध्यक्ष अवस्थीले भने ।

संघको १५ औं कार्य समितिको निर्वाचन गराउने निर्वाचन समिति, संघका कर्मचारी सबैलाई अध्यक्ष अवस्थीले धन्यवाद दिए ।

Himal dental
सम्बन्धित
Loading...