ghar sansar

सुदूरपश्चिममा ५ हजार ७७ प्रहरीलाई दशैं तिहार सुरक्षा जिम्मा

little buddha academy
khasi

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशमा चाडपर्वको बेला शान्ति, सुरक्षा कायमका लागि पाँच हजार ७७ प्रहरी परिचालन गरिएको छ ।

प्रदेश प्रहरी कार्यालयले चाडपर्व लक्षित विशेष सुरक्षा योजना बनाएर प्रहरी परिचालन गरेको हो। जेनजी प्रदर्शनको क्रममा कारागारबाट ठुलो सङ्ख्यामा कैदीबन्दी बाहिर निस्केकाले सुरक्षा चुनौती थपिएको निष्कर्षसहित फरक रणनीतिका साथ प्रहरी परिचालन गरिएको छ ।

,orning glory badhai

प्रदेश प्रहरी कार्यालयबाट प्रहरी नायब महानिरीक्षक (डिआइजी), प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को कमाण्डमा प्रहरी खट्ने प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

dirghayi clinic

यसैगरी, प्रत्येक जिल्लामा प्रहरी उपरीक्षक, प्रहरी नायब उपरीक्षकको कमाण्डमा सुरक्षाका लागि प्रहरी परिचालन हुने प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए ।

उनका अनुसार चाडपर्वमा सुरक्षा चेकजाँचमा कडाइका साथै मापसे चेकजाँच गरिने छ। चाडपर्वको बेला दुर्घटना न्यूनीकरणमा पनि प्रहरीको विशेष ध्यान रहने जनाइएको छ ।

कारागारबाट कैदी फरार हुँदा सुरक्षा चुनौती थपिएकाले भारतीय सुरक्षाकर्मीसँगको समन्वयमा सीमा क्षेत्रमा विशेष निगरानी भइरहेको प्रहरी वरिष्ठ उपरीक्षक रानाभाटले बताए ।

उनले फरार कैदी पक्राउका लागि प्रत्येक जिल्लाका प्रहरीलाई सर्कुलर गरेको जानकारी दिए । चाडपर्वमा एक ठाउँबाट अर्को ठाउँमा जाने यात्रुलाई सहयोगका लागि प्रदेशभर ६५ ठाउँमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ। जसमा २०९ प्रहरी खटेको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

साभार :  दिनेश खबर

Himal dental
सम्बन्धित
Loading...