ghar sansar

व्यवसायीको भुक्तानीका लागि कञ्चनपुर निर्माण व्यवसायी संघका अध्यक्ष अवस्थी र महासचिव भट्टले गुहारे अर्थमन्त्री थापा

little buddha academy
khasi

महेन्द्रनगर । निर्माण व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष पुष्पराज अवस्थी र महासचिव देबीदत्त भट्टले सुदूरपश्चिम सरकारका आर्थिक मामिला मन्त्री बहादुुर सिह थापालाई भेटेर प्रदेश सरकार मातहतका सबै निकायलाई व्यवसायीहरुको बिल भुक्तानीका लागि पहल गरि दिन आग्रह गरेका छन् ।

dirghayi clinic

उनीहरु सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघका अध्यक्ष लक्ष्मण कुमार स्वाँर सहित लगेर अर्थमन्त्री थापालाई भेटेका छन् ।

,orning glory badhai

भेटघाटपछि अवस्थीले अर्थमन्त्री थापाले आफूहरुको माग तत्काल समाधान गरि दिएको सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

‘पछिल्लो बदलिँदो राजनैतिक घटनाक्रम बाट सिर्जित अन्यौलताका कारण सुदुर पश्चिम प्रदेश सरकार अन्तरगतका विभिन्न कार्यालयहरुमा निर्माण व्यवसायीहरुले निर्माण कार्य सम्पन्न गरी सके पश्चात् हाल सम्म पनि पाउनु पर्ने बिल भुक्तानी नभएको कारणले उक्त समस्या समाधान एंव सहजीकरणका लागि सुदुरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला मन्त्री माननीय बहादुर सिंह थापा ज्यूलाई उक्त समस्या अवगत एंव चाडो भन्दा चाडो समस्या समाधानका लागि ठोस रुपमा अग्रसरता लिनका लागि अनुरोध गर्दै कञ्चनपुरका नवनिर्वाचित अध्यक्ष पुष्पराज अवस्थी ज्यू सहितको टोलीले भेटघाट गरेको थियो। उक्त भेटघाट पश्चात समस्यालाई तत्काल सम्बोधन गरि सहयोग गरि दिनु भएकोमा माननीय मन्त्रीज्यू प्रती निर्माण व्यवसायी संघ कञ्चनपुर परिवार हार्दिक आभार प्रकट गर्दछौ’ उनले भनेका छन् ।

Himal dental
सम्बन्धित
Loading...