ghar sansar

महाकाली नदीमा जानाजान लगाइएन ठेक्का

dirghayu ad
janjyoti campus

महेन्द्रनगर । भीमदत्त नगरपालिकाले आर्थिक वर्ष २०७९÷०८० मा महाकाली नदीबाट १ करोड ६० लाख रोयल्टी संकलन गर्यो । नगरपालिकाका कर्मचारी परिचालन गरी रोयल्टी राजश्व संकलन गरिएको थियो । त्यस अघि भीमदत्त र दोधारा चाँदनी नगरपालिका दुबैले संयुक्त रुपमा ठेक्का लगाउँदै आएका थिए । ठेक्का लगाउन नसकिएपछि दुबैले अमानतमा रोयल्टी संकलन गरे ।

आर्थिक वर्ष सकिएपछि रोयल्टी संकलनलाई लिएर चर्को आलोचना भयो । भीमदत्त नगरपालिकाका जनप्रतिनिधि अमानत विरुद्ध उभिए । भीमदत्त नगरपालिकाका नगर प्रवक्ता पदमराज अवस्थीले सामाजिक सञ्जालमा अमानतमा रोयल्टी संकलन गर्न घोटाला भएको भन्दै विरोध गरे । नगर प्रवक्ताको विरोधपछि नगरपालिका व्यापक दबावमा परी ठेक्का लगाउन बाध्य भयो ।

western public academy

आर्थिक वर्ष २०८०÷८१ मा झण्डै ६ करोडमा महाकाली नदीको रोयल्टी ठेक्का गरियो । काठमाडौंमा कम्पनीको नाममा रोयल्टी ठेक्का सम्झौता भयो । त्यस वर्ष पनि असोज १ गतेदेखि नभएर मंसिरदेखि मात्रै महाकाली नदीमा ठेक्का भयो । ठेक्कामा भने भीमदत्त र दोधारा चाँदनी दुबैको संयुक्त रुपमा थियो ।

त्यसपछि अर्को वर्ष २०८१÷०८२ मा पनि महाकाली नदीमा ठेक्का गरिएको थियो । नगरपालिकाका अनुसार ७ करोड महाकाली नदीबाट राजश्व संकलन गरिएको छ । यस वर्ष फेरि महाकाली नदीमा रोयल्टी राजश्व संकलनका लागि कर्मचारीलाई जिम्मा दिइएको छ ।

असोज १ गतेदेखि नगरपालिकाका कर्मचारीहरु भुजेला, ऐरी र पिपरिया घाटमा गएर दैनिक राजश्व संकलन गरि रहेका छन् । यस आर्थिक वर्षमा ठेक्का लगाउन आनाकानी गरिएको छ । चालु आर्थिक वर्षका तीन महिनासम्म ठेक्का लगाउने प्रक्रिया अघि बढेको छैन ।

महाकाली नदीमा जेठ मसान्तमा घाट बन्द भएर असोज १ गतेदेखि मात्रै खुल्ने गर्छन् । भीमदत्तले घाट बन्द भएपछि ठेक्का प्रक्रिया सुरु गरी असोज १ गतेसम्म सम्झौता गरि सक्नु पर्ने हो । ठेक्का प्रक्रिया सुरु नगरी कर्मचारी तीन घाटमा कर्मचारीबाट राजश्व संकलन गर्न थालिएको छ ।

कर्मचारी परिचालनबाट आर्थिक वर्ष २०७९÷०८० मा डेढ करोड राजश्व संकलन भएर नगरपालिकालाई पुगेको हानी नोक्सानी हेरेर पनि नगरपालिकाले ठेक्का अघि बढाउनु पर्ने जनप्रतिनिधिहरु बताउँछन् ।

‘पहिलो वर्ष यति कम राजश्व संकलन भयो, यो सबैले देखेकै हो, ठेक्का नभएर यसमा करोडौ घोटाला भयो’ भीमदत्तका नगरपालिकाका एक कार्यपालिका सदस्यले भने,‘यस वर्ष पनि त्यहीं दोहो¥याउनु कोसित मिलेमतोमा यस्तो हुँदैछ ।’

नगरपालिकाले यस वर्ष जानाजान ठेक्का नलगाई अमानतमा उठाउन थालेको जनप्रतिनिधिहरुको आरोप छ ।

यस वर्ष नगरपालिकाले इआए प्रतिवेदन स्वीकृत नभएको र आइइईको म्याद सकिएकाले ठेक्का लगाउन ढिलो भएको बहाना बनाएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारको उद्योग, वन वातावरण तथा पर्यटन मन्त्रालयबाट इआए प्रतिवेदन थन्किएको छ । नगरपालिका आफैंले गर्ने आइईई समेत म्याद सकिएको छ । ठेक्का टार्न अर्को आइईई बनाउने आनाकानी गरिएको पाइएको छ ।

भीमदत्त नगरपालिकाका सूचना अधिकारी हरि सिह धामीले महाकाली नदीमा ठेक्का प्रक्रिया सुरु गरिएको बताए । ‘असोज १ गतेदेखि नै घाट खुल्छन्, त्यस अनुसार तीन घाट खुलेका छन्, ठेक्का प्रक्रिया पनि सुरु गरिएको छ, तत्काल कर्मचारीबाट उठाउँदैछौ, यसपछि ठेक्का गरी राजश्व संकलन गर्छौ’ उनले भने ।

Himal dental
सम्बन्धित
Loading...