ghar sansar

बेलौरीको रिछाहाका रानाले धान खेतमा आफैंले हँसियाले रेटे आफ्नो घाँटी, कोहलपुरमा हुँदैछ उपचार

dirghayu ad
janjyoti campus

महेन्द्रनगर । बेलौरी नगरपालिका ६ रिछाहामा एक जनाले हँसियाले आफ्नै घाँटी रेटेका छन् । रिछाहाका ४० वर्षिय राधे श्याम रानाले सोही ठाउँका मन्तोरा रानाको खेतमा आफैंले घाँटी रेटेपछि गम्भीर घाइते भएका हुन् ।

धान काटि रहेकी मनिसा रानाको साईकलमा राखेको हसियाले रानाले घाँटी रेटेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डिएसपी सागर बोहराले बताए ।

western public academy

बिहान १०ः३० बजे रानाले घाँटी रेटेका हु्न् । घाँटी रेट्नको कारण खुलेको छैन । घाइते रानालाई धनगढीबाट उपचारका लागि कोहलपुर रिफर गरिएको छ ।

बेलौरीस्थित ईशान मेमोरियन अस्पतालमा समान्य उपचारपछि उनलाई थप उपचारको लागि धनगढी लगिएको थियो । राना अचेत छन् । डिएसी बोहराले रानाको कोहलपुर मेडिकल कलेजमा उपचार भई रहेको जानकारी दिए ।

Himal dental
सम्बन्धित
Loading...