ghar sansar

एमाले पार्टी कार्यालय पुगे समाजवादीका केन्द्रीय लेखा आयोग सदस्य धामी

khasi

महेन्द्रनगर । नेकपा माओवादी केन्द्रसित पार्टी एकता गर्ने तयारी गरिएपछि नेकपा एकीकृत समाजवादीका केन्द्रीय लेखा आयोग सदस्य हरक सिह धामी एमाले कञ्चनपुरको पार्टी कार्यालय पुगेका छन् ।

एमाले पार्टी कार्यालयमा धामीले एमाले नेता कार्यकर्तासित सामूहिक तस्बिर खिचाएका छन् । ती तस्बिर सामाजिक सञ्जालबाट सार्वजनिक गरिएका छन् ।

Anant bahu travels

एमाले जिल्ला कमिटी सदस्य नरेन्द्र सिह कार्कीले धामी बृहत एकता सम्बन्धि छलफलका लागि पार्टी कार्यालय आएको जानकारी गराएका छन् ।

dirghayi clinic

‘नेकपा(एकीकृत समाजवादी) नेकपा(माओवादी केन्द्र) एकता नजिक पुगेको चर्चा चलिरहेको बेला नेकपा(एकीकृत समाजवादी) केन्द्रीय लेखा आयोग सदस्य कमरेड हरक सिंह धामी बृहत्तर पार्टी एकता सन्दर्भमा नेकपा(एमाले) नेता कमरेडहरुसंग विशेष छलफलपछि फोटो सेशनमा नेकपा(एमाले) जिल्ला कार्यालय अगाडि’ नेता कार्कीले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

समाजवादीका नेता धामी एमाले विभाजनपछि समाजवादी भएका थिए । उनी समाजवादी कञ्चनपुरका संस्थापक सचिव हुन् । २०७९ को निर्वाचनपछि धामी पार्टीभित्र असन्तुष्ट थिए ।

२०७४ को स्थानीय तह निर्वाचनमा भीमदत्त नगरपालिका ६ नम्बर वडाको वडा अध्यक्षमा एमालेबाट निर्वाचित भएका थिए ।

एमाले अध्यक्ष केपी शर्मा ओलीेले २०७७ पुस ५ गते संसद विघटन गरेपछि धामी त्यस विरुद्ध सडकमा गएर एमालेबाट बाहिरिएका थिए ।

Himal dental
सम्बन्धित
Loading...