

महेन्द्रनगर । भीमदत्त नगरपालिका ३ तिलकपुरस्थित श्री सहिद स्मृति सामुदायिक वन उपभोक्ता समूहको चौथो वार्षिक साधारण सभा सम्पन्न भइको छ ।
समूहका अध्यक्ष कर्ण बहादुर बिष्टको अध्यक्षता अध्यक्षता र जिल्ला समन्वय समितिका प्रमुख दुर्गा दत्त बोहराको प्रमुख आतिथ्यमा साधारण सभा गरिएको छ ।



कार्यक्रममा सामुदायिक वन उभोक्ता राष्ट्रिय महासंघ नेपालका महासचिव डन्डीराज सुवेदी, चुरे संरक्षण सञ्जाल नेपालका अध्यक्ष रविन्द्र बहादुर कुँवर, भीनपा ३ का वडा अध्यक्ष गगन सिह धामी, सामुदायिक वन उभोक्ता राष्ट्रिय महासंघ नेपाल कञ्चनपुरका अध्यक्ष धर्मानन्द पन्त, समूहका भूपु अध्यक्ष तथा पदाधिकारीहरू, छिमेकी सामुदायिक वन उपभोक्ता सहभागी भएका छन् ।

