ghar sansar

बहुमतले बुझायो महाकाली प्रादेशीक अस्पताललाई १२ बुँदे ज्ञापन

khasi

महेन्द्रनगर । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) जिल्ला समिता कञ्चनपुरले विभिन्न १२ बुदे मागसहित महाकाली प्रादेशीक अस्पताललाई ज्ञापन पत्र बुझाएको छ ।

dirhayu

पार्टीको जिल्ला कार्यालयको तर्फबाट डम्बर विष्टले हस्ताक्षर गरेको ज्ञापन पत्रमा अक्सिजन पलान्ट बन्दरहेकाले तत्काल सन्चालन गर्न पहलकदमि लिनुपर्ने,अस्पतालको मेडिकलमा नियमित रुपमा पाईनुपर्ने औषधिहरु थप्नुपर्ने , करारमा राखिएका अधिकांस कर्मचारीहरुले पाउनुपर्ने सेवासुबिधा नपाएको तर केहि पायकपर्ने कर्मचारीहरुलाई मात्रै सेवा सुबिधा दिई नियमितरुपमा काम गर्ने कर्मचारीहरुको मनोवल गिराएको र भेदभावपुर्ण व्यवहार देखाएको, निड्स नेपाल र अस्पताल विचको सम्झौतामा राखिएका कर्मचारीहरुको केहि समय अगाडी मात्रै दुईपक्षविचको सम्झौता अवधि सकिएको तर अस्पताल प्रशासनले मनलाग्दी तरिकाबाट उनै कर्मचारीहरुलाई कानुनि प्रक्रिया नै मिचेर कर्मचारी राखेको , स्वास्थ्यबीमा तथा न्यूनतम शुल्कमा हुनुपर्ने सेवा ईको, ईन्डोस्कोपी, युएसजी जस्ता सेवा हरू इएचएस मार्फत गरी सेवाग्राहीहरूले महंगो मूल्य तिरी मार्का खेप्नुपरेको उल्लेख छ ।

western public academy

यसैगरी भर्खरै सन्चालनमा आएको सिटी स्क्यान मेसिनमा विभिन्न समस्या देखाएको र बिमा मार्फत पाउनुपर्ने सुविधाबाट बन्चित गरेको, केहि प्राविधक कर्मचारीहरु विभिन्न दलका नेता निकट भनी पदिय दुरुपयोग गर्दै आएर आफ्नो पदिय जिम्मेवारी भुलेर  विभिन्न ठांउमा हस्तक्षेप गरेको, प्रशासनका कर्मचारीहरुले पनि विगत लामो समयदेखि ओभर टाईम तथा काज भ्रमण भत्ता लिनेगरेको, कन्सल्टेन्ट डाक्टरहरू ईमेर्जेन्सीमा उपलब्ध नहुदा नागरीकले सेवा बाट वन्चित हुनु परेको , अधिकांस चिकिस्तकहरु कार्यालय समय अवधिमा नआएर ढिला आउने र कार्यालय समय अगावै कार्यालयबाट निस्कने गरेको पाइएको, केहि नजिकका कर्मचारीहरुले ई हाजिरको पनि दिरुपयोग गरेको पाईएको, केहि पूर्व जनप्रतिनिधिलाई कानुनि प्रक्रिया मिचेर कर्मचारीमा नियुक्ति दिएकाले यी विषयहरुमा सुधार गर्न पार्टीले आग्रह गरेको छ ।

अस्पताल प्रशासनले गम्भीर बनेर आफुहरुका मागहरु सात (७) दिन भित्र पुरा नगरे कडा जनसंघर्षमा उत्रिने पार्टीले चेतावनी समेत दिएको छ ।

Himal dental
सम्बन्धित
Loading...