ghar sansar

मेलौली देही जात्रामा सहिद लछी राजपुत दयाल स्मृति प्रतिष्ठानको स्वास्थ्य शिविर, तीन सय बढीलाई सेवा, हजारौलाई खुवाइयो पानी

little buddha academy
khasi

महेन्द्रनगर । सहिद लछी राजपुत दयाल स्मृति प्रतिष्ठान केन्द्रिय समिति मेलौली र सहिद लछी राजपुत दयाल स्मृति प्रतिष्ठान केन्द्रिय समिति र प्रवास शाखा भारतको संयुक्त आयोजना े मेलौली देहि जात्रामा दुई दिने प्राथमिक उपचार तथा निःशुल्क स्वास्थ्य शिबिर र स्वच्छ पिउने पानी वितरण कार्यक्रम सम्पन्न गरिएको छ ।

प्रतिष्ठानका अध्यक्ष धरम सिह दयालको अध्यक्षता कार्यक्रम गरियो । शिविरमा हार्टअटेक देखि , समान्य चोटपटक , टाउको दुखाइ , पेट दुखाई , झाडापखाला , बन्ता का तीन सय बढीलाई सेवा दिईको छ । मेलामा सहभागी हजारौंलाई मिनिरल वाटर खुवाइएको छ ।

,orning glory badhai

सहिद लछी राजपुत दयाल स्मृति प्रतिष्ठान केन्द्रिय समिति भारत शाखाका अध्यक्ष अर्जुन दयालको अध्यक्षतामा मेलौली धार्मिक सेवा समितिका अध्यक्ष जगदीश नायकको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको छ ।

कार्यक्रममा इलाका प्रहरी कार्यालय का इन्चार्ज इन्चार्ज नरेन्द्र बहादुर चन्द विशिष्ट अतिथि थिए । यसैगरी मेलौली नगरपालिका ८ का अध्यक्ष तपेन्द्र सिह बिस्ट , कार्यपालिका सदस्य बिजय पोखरेल ,वाड सदस्य दोपती दयाल , भागेश्वर गाउँपालिकाका कार्यपालिका सदस्य रमेश दयाल, मेला ब्यबस्थापन समिति सदस्य चिन्ता बिष्ट , प्रतिष्ठान निबर्तमान अध्यक्ष मोहन दयाल, स्वास्थ्यकर्मी सरोज भट्ट सहभागी थिए । कार्यक्रम सञ्चालन स्वास्थ्य शिबिर संयोजक जनस्वास्थ्य निरीक्षक मुकास कान्त दयालले गरेका थिए ।

dirghayi clinic

कार्यक्रममा वक्ताहरुले प्रतिष्ठानले गरेको कामको प्रशंसा गर्दै धन्यवाद व्यक्त गरे । प्रमुख अतिथी मन्दिर समिति अध्यक्ष नायकले आगामी दिनमा पूर्प तयारीका साथ थप स्तरिय सेवा प्रदान गर्न मन्दिर समिति को विशेष सहयोग रहने बचनबद्दता सहित आयोजकलाई धन्यवाद दिए ।

शिबिरमा स्वास्थकर्मी मुकेशकान्त दयाल , गरिमा दयाल , सुरेन्द्र दयाल , राजेन्द्र दयाल , कमला दयाल र सुनिता दयाल र स्वयंसेवक साथै दयाल स्पोट्र्स एकेडेमी टिमका खेलाडीहरु साथै मन्दिर समिति , प्रसासन , मेलौली एफएम लाइ अतिथि र कार्यक्रम अध्यक्षले खादा र संमान प्रत्र प्रदान गरी सम्मान गरे ।

२०८२ आश्विन २९ र ३० गते दामोदर हिमश्रृंखलामा पर्ने चुलु फार ईस्ट हिमाल (६ हजार २८ मिटर) को सफलता पूर्वक आरोहण गर्नु हुने,रास्ट्रसेबक ससत्र प्रहरी जवान प्रकाश दयाल, भारतको चन्डिगढको मोहालीमा भएको अल्टिमेट फाइटिङ्ग लिगमा दिल्लीको टिम वाट प्रतिनिधित्व गर्दै स्वर्ण पदक हासिल गर्ने सुरज दयाल, २०८२ को बिज्ञान समूह तर्फ कक्षा ११ को प्रबेस परीक्षा प्रथम स्थान हासिल गर्ने प्रेम दयाल, २०८२ को मेलौली नगरपालिका स्तरीय कक्षा ८ को पीरक्षामा प्रथम स्थान हासिल गर्नु हुने सुमन दयाललाई पनि प्रमुख सम्मान गरिएको छ ।

कार्यक्रम समापनमा प्रतिष्ठान अवधारणा , अघि सारेका सेवामुलक कार्यक्रम बारे प्रकाश पार्दै , शिविरको रिपोर्टिङ र शिविर सफल पार्न , अहोरात्र खट्नुहुने स्वास्थकर्मी , स्वयंसेवक , खेलाडी हरुको टिम ,साथै प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सबै समाजसेबि ,बुद्धिजीवी , प्रतिस्ठानका सबै शाखा सदस्यमा धन्यवाद सहित आभार ब्यक्त गर्दै आगामी दिनमा थप स्तरीय सेवा प्रवाह गरि यो कार्यलाई निरन्तरता दिने र सरोकारलाई निकायको साथ सहयोगको अपेक्षा सहित कार्यक्रमका अध्यक्ष अर्जुन दयालले आफ्ना भनाइ राख्दै कार्यक्रम समापन गरे ।

 

Himal dental
सम्बन्धित
Loading...