

महेन्द्रनगर । शिक्षा युथ क्लबले गाई रिफ्लेक्टर बेल्ट वितरण तथा सचेतना कार्यक्रम गरेको छ । कार्यक्रममा सडकमा दुर्घटना न्यूनीकरण र जनचेतना फैलाउने उद्देश्यले गाईहरूलाई राति सजिलै देखिने रिफ्लेक्टर बेल्ट वितरण गरिएको छ ।


कार्यक्रममा भीमदत्त नगरपालिका ५ का वडा अध्यक्ष एबम् भीमदत्तका नगर प्रवक्ता पदमराज अवस्थी, ट्राफिक प्रहरी सहायक निरीक्षक गोविन्द कार्की, ट्राफिक प्रहरी सहायक निरीक्षक राम दत्त भट्ट, क्बलका पदाधिकारी तथा सदस्य, स्थानीय सहभागी भए ।


सडक सुरक्षाबारे जानकारी दिई पशुपालकहरूलाई बेल्टको प्रयोग गर्न प्रेरित गरिएको थियो। यस कार्यक्रमले सडक दुर्घटना घटाउन र जनचेतना बढाउन महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको क्बलका अध्यक्ष दिपेश सुनारले जानकारी दिए ।


