ghar sansar

शान्ति पुनस्र्थापना गृहद्वारा अढाई सय महिला र बालबालिकाको उद्धार

khasi

महेन्द्रनगर । शान्ति पुनस्र्थापना गृहले कञ्चनपुरका विभिन्न क्षेत्रबाट २ सय ४६ जना महिला, किशोरी तथा बालबालिकाको उद्धार गरेको छ । पुनस्र्थापना गृहले गत आर्थिक वर्ष २०८१–८२ मा जिल्लास्थित सीमानाका तथा विभिन्न स्थानबाट उनीहरूको उद्धार गरिएको जनाएको हो ।

शान्ति पुनस्र्थापना गृह कञ्चनपुर शाखाका पर्यवेक्षक मनिसा न्यौपानेले विभिन्न स्थानबाट किशोरी तथा बालबालिकाहरूलाई उद्धार गरी परिवारसँग पुर्नमिलन गराइएको बताइन् ।

western public academy

उनका अनुसार गड्चौकी नाकाबाट १७५ महिला तथा बालबालिका, उक्त नाका भएर भारत पसेका तीन महिला र लैङ्गिक हिंसामा परेका एक महिलाको उद्धार गरिएको थियो ।’

यसैगरी, गत आर्थिक वर्षमा बह्मदेव क्षेत्रबाट १८ जना, दोधारा चाँदनीबाट २८ जना, बेलौरीबाट १४ जना र बेलडाँडी सीमानाका भएर भारत प्रवेश गराइरहेका सात जना महिला तथा बालिकाको उद्धार गरिएको पर्यवेक्षक न्यौपानेले बताए ।

dirhayu

महिला तथा बालबालिकालाई ललाइ फकाई भारतमा लगेर बेचबिखन गर्दैआएका विरुद्ध कानुनि कारबाही समेत अगाडि बढाइएको सो संस्थाले जनाएको छ ।

गत आर्थिक वर्षमा आठ जनामाथि महिला, किशोरी तथा बालबालिकालाई मानव बेचबिखन तथा ओसारपसार विरुद्धमा र जबरजस्ती करणीको मुद्दा दर्ता गरिएको पर्यवेक्षक अन्जु चौधरीले बताए । संस्थाले महेन्द्रनगरमा एक कार्यक्रमको आयोजना गरी वार्षिक सामाजिक लेखा परीक्षण सार्वजनिक गरेको हो ।

शान्ति पुनस्र्थापना गृह महेन्द्रनगर शाखाले महिला, किशोरी तथा बालबालिकालाई समय समयमा परामर्श सेवा पनि प्रदान गर्दैआएको छ । उक्त संस्थाका संस्थापक अध्यक्ष शान्ता सापकोटाले गत आर्थिक वर्षमा ४ हजार २५५ जनालाई निःशुल्क परामर्श सेवा प्रदान गरिएको बताए ।

संस्थाले मानव बेचबिखन रोकथाममा महत्वपूर्ण भूमिका निर्वाह गर्दे आएको भन्दै जिल्ला प्रहरी कार्यालयले पनि आवश्यक परेका बेला सहयोग प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक खड्कबहादुर खत्रीले महिला हिंसा न्यूनीकरण, विवाद समाधान र सामाजिक सचेतना अभिवृद्धिमा संस्थाको सक्रियता रहेको भन्दै प्रहरी र संस्थाबिचको सहकार्य रहने प्रतिबद्धता जनाएका छन् ।

यसैबिच संस्थालाई सहयोग र साझेदारी गरेको भन्दै संस्थाले भीमदत्त नगरपालिकाका उपप्रमुख निलम लेखक जोशी, बेलौरी नगरपालिकाका उपप्रमुख जोगराम चौधरी, बेलडाँडी गाउँपालिकाका अध्यक्ष हरिसचन्द्र राना लगायतलाई सम्मानित गरेको छ । शान्ति पुनस्र्थापना गृहले जिल्लाका विभिन्न पाँच स्थानमा सूचना परामर्शकेन्द्र स्थापना गरी बेचबिखनमा परेका महिला तथा बालबालिकाहरुको उद्धार गर्दैआएको छ ।

Himal dental
सम्बन्धित
Loading...