ghar sansar

संविधान रक्षाका लागि भन्दै एमालेले निकाल्यो ¥याली, गणतन्त्रमाथि सरकारले चौतर्फी आक्रमण गरेको नेता रावलको भनाई

khasi

महेन्द्रनगर । नेकपा एमालेका पोलिटव्यूरो सदस्य तथा सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्र सिंह रावलले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि सुशिला कार्की सरकारले चौतर्फी आक्रमण गरिरहेको बताएका छन् ।

विगतमा राणा, दरबारीया, पञ्चायती शैलिजस्तै अहिले असंवैधानिक तवरले बनेको कार्की सरकारले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि आक्रमण गरिरहेको उनले बताए ।

western public academy

नेता रावलले जेनजीलाई ढाल बनाएर देशमा आंतक मच्चाएर असंवैधानिक कदम चालिएको उल्लेख गरे। हतियार र कैदी बाहिर रहेको अवस्थामा वर्तमान सरकारले चुनावको मञ्चन मात्रै गरिरहेको उनको आरोप छ ।

संविधानको रक्षा र प्रतिगामी षड्यन्त्रविरुद्ध शनिबार महेन्द्रनगरमा नेकपा एमालेले ¥याली निकालेको थियो ।

dirhayu

महेन्द्रनगरस्थित एमाले पार्टी कार्यालयबाट सुरु भएको जनजागरण ¥याली पोलिट्व्यूरो सदस्य रावलको नेतृत्वमा निकालिएको हो। रावलको प्रमुख आतिथ्यतामा भएको ¥यालीमा एमाले नेता कार्यकर्ताको बाक्लो उपस्थित थियो ।

यस्तै नेता रावलले कोणसभालाई सम्बोधन गर्दैै प्रधानमन्त्री सुशिला काकीले देशलाई नै कार्कीमय बनाउन खोजेको बताए। त्यसैले एमालेले देश जगाउने अभियान सञ्चालन गरेको उनले बताए ।

‘यो राष्ट्रियता जोगाउने अभियान हो, संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशितासहित समाजवादको दिशा उन्मुख व्यवस्थामाथि प्रहार भएको छ,’ उनले भने, ‘हामीले बुझ्नु जरुरी छ, यो राष्ट्रियता र व्यवस्था जोगाउने अभियान हो, जनताको सार्वभौम सत्ता जगाउने अभियान हो ।’

अनिर्वाचित सरकार मुर्दावाद भन्नुपर्ने अवस्था आएको उनले बताए । ‘संविधान कुल्चिएको छ, संविधान छटपटाई रहेको छ, त्यसकारण संविधानको रक्षार्थ लोकतन्त्रका पक्षधर एक ठाउँमा आउनुपर्छ,’ उनले भने, ‘यो चुनावको नाटकले आसेपासे पार्टी खोल्दैछन् ।’

सरकारमा गएकाहरु अहिले भ्रष्टाचारी प्रमाणित भएको उनको भनाइ छ । ‘यो देशको उर्जामन्त्री भारतसँग सम्झौता गरेर कमिसनको खेलमा लागेर अर्वौ रुपैयाँ कुम्ल्याउछ,’ उनले भने, ‘कसैले आफ्ना छोरीका संस्थाहरुलाई बचाउनुपर्ने अवस्था आएको छ, छोरीका कुकर्महरुलाई न्यालयका ढोकामा पस्न नदिने क्रियाकलापतर्फ उनीहरु लागेका छन् ।’ कोणसभालाई अर्का पोलिटव्यूरो सदस्य निरुदेवी पाल र जिल्ला अध्यक्ष लक्ष्मी बुढाले पनि सम्बोधन गरेका थिए ।

Himal dental
सम्बन्धित
Loading...