ghar sansar

प्रतिनिधि सभा पुनस्र्थापनको माग गर्दै एमाले सडकमा, महेन्द्रनगरमा प्रदर्शन

little buddha academy
khasi

भुवन भट्ट
महेन्द्रनगर । नेकपा (एमाले) महेन्द्रनगरमा जनजागरण ¥याली निकालेको छ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि गठित सरकारले गरेको प्रतिनिधि सभा विघटनप्रति एमालेले आपत्ति जनाउँदै आएको छ । सोही क्रममा विघटित प्रतिनिधि सभा पुनः स्थापनाको माग गर्दै एमालेले शनिबार महेन्द्रनगरमा जनसभा र प्रदर्शन गरेको हो ।

महेन्द्रनगर स्थित पार्टी कार्यालयबाट निकालिएको जनजागरण ¥यालीमा सहभागी नेता तथा कार्यकर्ताहरूले महेन्द्रनगर बजारको परिक्रमा गर्नुका साथै अराजकतावाद सरकार मुद्दावाद लगायतका नारासहित प्रदर्शन गरेका थिए । “राष्ट्रियता, लोकतन्त्र र संविधानको रक्षा गरौँ, षडयन्त्र र अराजकताविरुद्ध एकजुट बनौँ” नाराका साथ निकालिएको जनजागरण ¥यालीमा नेकपा एमालेका हजारौँ नेता तथा कार्यकर्ताहरूको उपस्थिति देखिएको थियो ।

,orning glory badhai

संसद् पुनस्र्थापना गर, हत्यारालाई कार्वाहीगर लगायतका नारा लगाउँदै निकालिएको ‍जनजागरण ¥यालीमा महेन्द्रनगर स्थित मदन चोकमा कोणसभामा परिणत भएको थियो ।

कोणसभामा बोल्नुहुँदै नेकपा एमाले कञ्चनपुरका जिल्ला अध्यक्ष लक्ष्मी बुढाले प्रतिनिधि सभा विघटनविरुद्ध नेकपा एमाले निरन्तर आन्दोलनमा उत्रने बताइ्न् । राम्रा काम गर्न खोज्दा खोज्दै पनि जेनजिका नाममा आक्रमण गरिएको भन्दै उहाँले आपत्ति जनाउनुभयो ।

सरकारले गठन गरेको भूमि सम्बन्धी समस्या समाधान आयोग खारेज गरेको, राजदूत व्युताउने कार्य भएको भन्दै अध्यक्ष बुढाले संविधानमा टेकेर सरकार बनाउनु पर्ने र संविधान बाहिर बनेको जो सुकै सरकार पनि एमालेलाई मान्य नहुने बताए ।

dirghayi clinic

जनजागरण सभालाई सम्बोधन गर्दै एमाले कञ्चनपुर जिल्ला इन्चार्ज निरुदेवी पालले जेनजीका नाममा राष्ट्रीय सम्पत्ति जनाउने, घर भत्काउने कार्य निन्दनीय रहेको बताइन् ।

अराजक गतिविधि गर्नेहरूलाई नछोड्ने बताउनुहुँदै उहाँले एमालेको नेतृत्वमा पुनः सरकार गठन गरी अराजक गतिविधि गर्नेमाथि कडा कारबाही गरिने उनको भनाई छ । आफ्नो जिउ धनको रक्षा आफैले गर्नुपर्ने सन्देश दिँदै नेता पालले राष्ट्र र राष्ट्रियता जोगाउन सधैँ अग्रसर रहने बताइन् ।

जागरण अभियानलाई संवोधन गर्दे नेकपा एमालेका पोलिट ब्युरो सदस्य राजेन्द्र सिंह रावलले राष्ट्र निर्माणका लागी नेकपा एमाले सधैँ तयार रहेको बताए । पुन एक पटक राष्ट्रियता जोगाउनका लागि प्रतिगमन विरुद्ध धावा बोल्नका लागि नेकपा एमाले मैदानमा उत्रिएको उनले बताए ।

निर्वाचनको नाममा अहिलेको सरकारले नौटङ्की गरिएको भन्दै उनले आपत्ति जनाए । आज राष्ट्रियता कमजोर भएको, राष्ट्रको स्वाधीनता माथि प्रहार भएको बताउनुहुँदै उनले राष्ट्र जोगाउनका लागि नेकपा एमाले निरन्तर आन्दोलनमा उत्रने चेतावनी दिए । संविधानको रक्षार्थ लोकतन्त्रका सबै शक्ति एक ठाउँमा आउन उनले आग्रह समेत गरे ।

कार्यक्रममा बोल्दै एमाले कञ्चनपुरका सचिव पल््लवराज भट्टले लोकतन्त्रको पक्षमा र प्रतिगामी षडयन्त्रका विरुद्धमा सबैलाई एकजुट हुन आग्रह गरे ।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि गठित सरकारले गरेको प्रतिनिधि सभा विघटनप्रति एमालेले आपत्ति जनाउँदै आएको छ । सोही क्रममा विघटित प्रतिनिधि सभा पुनः स्थापनाको माग गर्दै एमालेले शनिवार महेन्द्रनगरमा जनसभा र प्रदर्शन आयोजना गरिएको जनाएको हो ।

 

Himal dental
सम्बन्धित
Loading...