

महेन्द्रनगर । पूर्व मेची देखि टुर डि मेची महाकाली साईकलयात्रा २०८२ को नेतृत्व गर्दै भद्रपुर नगरपालिकाका पूर्व नगर प्रमुख जीवन कुमार श्रेष्ठ लगायतको ५ सदस्यीय साईकल यात्री टोली कञ्चनपुरमा निङ्गलाशैनी बहुउद्देश्यीय सहकारी संस्थाले स्वागत तथा अभिनन्दन गरेको छ ।

सहकारीकाले कार्यक्रम आयोजना गरी टोलीका सबै सदस्यलाई सम्मान गरेको छ । स्वास्थ्य जीवनशैली , वातावरण संरक्षण गर्दै प्रदुसण न्यूनीकरणमा टेवा दिन र साईकिलिङ्ग एउटा खेल पनिभएकोले यस तर्फ युवाहरुलाई आकर्षतिगर्न यो साईकलयात्रागरिएको जानकारी गराउदै भ्रमण टोलिका नेता जिवनकुमार श्रेष्टले बताए ।


उनले भने, कार्तिक २३ गते मेचि बाट हिनेर कार्तिक १ गते महाकालीपुगिएको र कार्तिक ३ गते बाट साईकलयात्रामा नै मेचिपुग्ने योजना रहेको कुरा समेत जानकारी गराए ।

भ्रमण टोलीका भद्रपुर साईकलिङ्ग क्लबका पदाधिकारी मनोज सिंह , देविबहादुर श्रैष्ट, समिर पोखरेल, विश्वचन्द्र महातो लायातको टोलि लाई निङ्गलाशैनी बहुृउद्देश्यीय सहकारी संस्थामा संस्थापक सचिव बिष्णु नाथ, प्रमुख कार्यकारी अधिकृत प्रेम सिंह भाट, प्रबन्धक बविता चन्दले स्वागत तथा सम्मान कार्यक्रममा सहभागी भए ।

